यू–१९ एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा
2 दिन पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं, कात्तिक २८ : नेपाली युवा महिला क्रिकेट टिमले यू–१९ एसिया कप खेल्ने भएको छ। यू–१९ महिला एसिया कप अर्को महिना मलेसियामा आयोजना हुँदैछ।
प्रतियोगितामा नेपाल भारत र पाकिस्तानसँगै समूह एमा परेको छ। एसियन क्रिकेट काउन्सिलले बुधबार सार्वजनिक गरेको तालिका अनुसार समूह बीमा आयोजक मलेसियासँगै श्रीलंका र बंगलादेश छन्।
डिसेम्बर १५देखि २२ हुने प्रतियोगितामा नेपालले पहिलो खेल पाकिस्तानसँग डिसेम्बर १६मा खेल्ने छ भने दोस्रो खेल डिसेम्बर १७मा भारतसँग खेल्नेछ।
समूहका शीर्ष दुई टिम सुपर फोरमा पुग्नेछन्। सुपर फोरका शीर्ष दुई टिमबीच उपाधि भीडन्त हुनेछ।
यो प्रतियोगिता नेपालका लागि अर्को वर्ष हुने यू–१९ टि–२० महिला विश्वकप तयारी पनि हुनेछ। नेपाली टिम आजै भएको खेलमा युएईलाई ८ विकेटले हराउँदै पहिलो पटक विश्वकपमा छानिएको हो।
साभार : नेपाल प्रेस
विवाहपञ्चमीको आमन्त्रण पत्रसहित मधेसका मुख्यमन्त्री स..
जनकपुरधाम, कार्तिक ३० गते । विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु शनिव..
16 घन्टा पहिले
दार्चुलामा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ घाइते
दार्चुला कार्तिक ३० गते । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको भएको छ। घटना स्थलबाट ७ जनालाई घाइते अवस्..
1 दिन पहिले
मधेशमा दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान हुनु पर..
जनकपुरधाम, कार्तिक २९ गते । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशमा विगत..
1 दिन पहिले
कार्तिक पूर्णिमामा कमला नदी स्नान: नेपाल-भारत सम्बन्धला..
जनकपुरधाम, कार्तिक २९ गते । नेपाल र भारतबीचको सम्बन्ध साँस्कृतिक, धार्मिक, र ऐतिहासिक रूपमा गहिरो र नजिकको छ। यी..
2 दिन पहिले
यू–१९ एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा
काठमाडाैं, कात्तिक २८ : नेपाली युवा महिला क्रिकेट टिमले यू–१९ एसिया कप खेल्ने भएको छ। यू–१९ महिला एसिया कप अर..
2 दिन पहिले