
दार्चुलामा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ घाइते
8 महीना पहिले प्रकाशित
Esandhyakalin

दार्चुला कार्तिक ३० गते । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको भएको छ। घटना स्थलबाट ७ जनालाई घाइते अवस्थामा उद्धार गरि अस्पताल पठाइएको छ । मालिकार्जुन गाउँपालिका-३ अवस्थित मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालिन जात्राबाट फर्केर गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप शुक्रवार बिहानै शैल्यशिखर नगरपालिका – ६ ग्वानीको सिराडी धारमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।
उहाँका अनुसार जीप सडक बाट करिब ३ सय मिटर तल खसेको छ। घटनामा परि मृत्यु भएकाहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटना स्थलमा अँध्यारो भएका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटेका छन् । घटना राति करिब ३ बजेतिर भएको अनुमान छ ।
साभार : रेडियो नेपाल

चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..
काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..
10 घन्टा पहिले
नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..
काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..
10 घन्टा पहिले
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
2 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
2 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
3 दिन पहिले