विवाह पञ्चमीमा आउने जन्तीका लागि आमन्त्रणसहित तिलक सामाग्रीहरू पठाइयो
5 दिन पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, मंसिर १ गते । मङ्सिर १६ गतेबाट शुरु हुने श्री सीता राम विवाह पञ्चमी महामहोत्सवमा सहभागी हुनका लागि भारतको अयोध्याबाट आउने जन्तीलाई आमन्त्रणसहितको कोसेली आज पठाइएको छ ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जानकी मन्दिरका मूल महन्थ रामतपेश्वर दास वैष्ण तथा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष कुमार साहलाई आमन्त्रणसहितको कोसेली जानकी मन्दिरको परिसरमा आज हस्तान्तरण गर्नुभयो ।
जनकपुरधाममा प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट विशेष रुपमा जन्ती आउने चलन अनुसार यस पटक पनि जन्ती आउने भएकाले आमन्त्रण सहितको कोसेली अयोध्यामा प्रदान गर्नका लागि विश्व हिन्दू परिषद्को अगुवाइमा २ सय ५१ जनाको टोली अयोध्याका लागि प्रस्थान गरेको छ ।
यस पटक प्रदेश सरकारको अगुवाइमा अयोध्याबाट आउने जन्तीको स्वागत तथा सम्मान गरिने भएकाले मधेशका मुख्यमन्त्री आफै जान लाग्नुभएको छ । मुख्यमन्त्री सिंह भोली मात्र जाने भए पनि विश्व हिन्दू परिषद्का पदाधिकारीसहितका टोली भने आजै जानकी मन्दिरको प्राङ्गणबाट कोसेलीसहित प्रस्थान गरेको छ ।
आगामी मङ्सिर १६ गतेबाट शुरु हुने सप्ताहव्यापी श्री सीता राम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत २१ गते शुभ विवाह रहेको छ । भगवान् सीता रामको विवाह महामहोत्सवमा सहभागी हुन पाँच सय आमन्त्रण पत्रसहित अयोध्याका लागि कोसेली तिलकका लागि आवश्यक पर्ने सामाग्री पठाइएको छ ।
मिथिलाको परम्पराअनुसार शुभ विवाहभन्दा अगाडी बेहुलाको बेहुली पक्षबाट तिलक गर्ने चलन भएकाले तिलकका लागि आवश्यक कोसेलीसहित विश्व हिन्दू परिषद्का अगुवाइमा महिला तथा पुरुषहरू अयोध्याका लागि प्रस्थान गरेको हो ।
सो अवसरमा मुख्यमन्त्री सतिश सिंहले जनकपुरधाममा प्रत्येक वर्ष हुने सप्ताहव्यापी श्री सीता राम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित पार्नका लागि प्रदेश सरकारले आवश्यक काम गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।
उहाँले विवाह पञ्चमी प्रदेशका सबैभन्दा ठूलो धार्मिक महोत्सव भएकाले यसलाई अझ बढी भव्यता दिनका लागि प्रदेश सरकारबाट चाहिने सबै प्रकारको सहयोग गरिने बताउनुभयो ।
मुख्यमन्त्री सिंहले यस प्रकारको कार्यक्रमले नेपाल भारतका साथै जनकपुरधाम र अयोध्या धामलाई थप नजिक ल्याउन मद्दत पुग्ने बताउनुभयो ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विश्व हिन्दू परिषद्ले तिलक पठाउने नयाँ कार्यक्रम शुरु गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
आज जनकपुरधामबाट प्रस्थान गरेको टोली राती वीरगंजमा वास बस्ने र भोली बिहान मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसहित वीरगंजबाट अयोध्याका लागि प्रस्थान गर्ने छ ।तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषद्का महासचिव राजेन्द्र सिंह पङ्कजको अगुवाइमा राम मन्दिर ट्रष्टका प्रमुख चम्पत रायलाई हस्तान्तरण गरिने छ ।
राम मन्दिर ट्रष्टका प्रमुख रायसहित अयोध्याबाट यस वर्ष ५ सयको सङ्ख्यामा साधु सन्त, महन्थ, योगी, सन्यासी, भिक्षु, साधवी, साहु महाजन तथा राजनीतिक दलका विशिष्ट व्यक्तिहरू जनकपुरधाममा आयोजना हुने विवाह पञ्चमीमा सहभागी हुन आउनुहुने कार्यक्रम छ ।
साभार : रेडियो नेपाल
स्थानीय तह उपनिर्वाचन: ४१ ठाउँमा २० दल र स्वतन्त्रसहित ३..
काठमाडौं, मंसिर ६ । स्थानीय तह उपनिर्वाचनको कार्यतालिका अन्तर्गत बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम..
5 घन्टा पहिले
क्यान्सर भएका १४ वर्षमुनिका बालबालिकाको उपचार निःशुल्क..
काठमाडौं, मंसिर ५ । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निःशुल्क सेवाको समुद्घाटन गरिएको छ । बुधबार विश..
5 घन्टा पहिले
शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित
काठमाडौं ,मंसिर ५ गते । द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ ..
1 दिन पहिले
अराजकता फैलाउने ९ युट्युब कारबाहीमा
काठमाडौं ,मंसिर ५ गते । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै वि..
1 दिन पहिले
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाह पञ्चमीको ..
अयोध्या, मंसिर ३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तर प्रदेशको अयोध्या धाममा आयोजित तिलकोत..
2 दिन पहिले