Janakpurdham
Fri, Jul 18, 2025
`

जनकपुर बोल्टस्का जर्सी सार्वजनिक

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर ३ गते । यही मङ्सिर १५ गतेबाट हुन लागेको एनपीएल अन्तर्गत फ्रेन्चाइज टिमको रुपमा सहभागी हुन लागेको जनकपुर बोल्टस्को जर्सी जनकपुरधाममा सार्वजनिक गरिएको छ ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवाल तथा जनकपुर बोल्टस् कप्तान आशिफ शेकले विशेष कार्यक्रमका बीचमा जर्सी सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा टिमका तर्फबाट फेस अफ दि बोल्टस् अन्डर १९ महिला टिमका कप्तान पूजा महता घोषणा गर्नुका साथै १९ महिला वर्ल्ड कपमा क्वालिफायर हुनुभएकोमा टिमका तर्फबाट महतोलाई नगद ५० हजार सहित सम्मानित गरिएको थियो ।

प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले मधेश प्रदेश सरकारले मधेशमा खेलकुदको विकास गर्नका लागि केही दिन अगाडी मात्र खेलकुदको विधेयक प्रदेश सभाबाट सर्वसम्मतिले पारित गरेर प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशनको क्रममा रहेकाले विधेयक खेलकुदको विकासका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले मधेश प्रदेशमा खेलकुदको व्यापक सम्भावना भएको बताउँदै प्रदेश सरकारले खेलकुदको विकासमा अझ बढी सक्रियता देखाउन आवश्यक भएको बताउनुभयो ।

जनकपुर बोल्टस्का डाइरेक्टर अलि श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डल, मङ्गहा नगरपालिका प्रमुख सञ्जीव कुमार साह, नेपाल क्रिकेट संघका मधेश प्रदेश अध्यक्ष सुनिल महासेठ र अन्डर १९ महिला टिमका कप्तान पूजा महतोले नेपालका क्रिकेट खेलको व्यापक सम्भावना भएको बताउनुभयो ।


साभार : रेडियो नेपाल

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

10 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

10 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले