Janakpurdham
Sat, Jul 19, 2025
`

क्यान्सर भएका १४ वर्षमुनिका बालबालिकाको उपचार निःशुल्क, औषधी खर्च पनि नलाग्ने

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, मंसिर ५ । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निःशुल्क सेवाको समुद्घाटन गरिएको छ ।

बुधबार विश्व बाल दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलबाट बाल क्यान्सर निःशुल्क सेवाको सुभारम्भ गरिएको हो ।

उद्घाटनपछि मन्त्री पौडेलले १४ वर्ष मुनिका क्यान्सर विरामीहरुको उपचारमात्र निःशुल्क नभई औषधी समेत निःशुल्क दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

अहिलेसम्म औषधि समेत निशुल्क हुने कुनै पनि निःशुल्क सेवा राज्यले घोषणा नगरेको भन्दै आफूहरुले तयारीका साथ उक्त सेवा घोषणा गरेको बताए ।

उनले भने, ‘सबै बालबालिकालाई सेवाको सन्दर्भमा अस्पतालभन्दा बाहिरको त कुरा भएन तर अस्पतालले उपलब्ध गराउन सक्ने सबै सेवामा निशुल्क र औषधीमा पनि निशुल्क गर्ने यो पहिलो चोटी भएको हो । औषधि समेत निशुल्क हुने कुनै पनि निःशुल्क सेवा राज्यले यो भन्दा अगाडि घोषणा गरेको छैन् । हामीले तयारीका साथ यो घोषणा गरेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालले १४ वर्ष मुनिका क्यान्सर बिरामीहरुलाई मंसिर २ गते देखि निःशुल्क उपचार सेवा शुरु गरिसकेको छ ।

साभार : काठमाडौं प्रेस

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

1 दिन पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

1 दिन पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले