स्थानीय तह उपनिर्वाचन: ४१ ठाउँमा २० दल र स्वतन्त्रसहित ३७७ उम्मेदवार
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, मंसिर ६ । स्थानीय तह उपनिर्वाचनको कार्यतालिका अन्तर्गत बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ।
निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारी फिर्ता लिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको थियो। त्यस अवधिमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जानकारी दिएको छ।
निर्वाचन कार्यतालिका अनुसार आइतबार मनोनयन दर्ता भएको थियो। जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको रिक्त ४४ पदमा विभिन्न राजनीतिक दलबाट २८९ र १२१ जनाले स्वतन्त्र उम्मेदवार गरी ४१० जनाले मनोनयन दर्ता गराएका थिए।
बुधबार ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि र केही उम्मेदवार निर्विरोध भएपछि उम्मेदवारको संख्या ३७६ पुगेको आयोगले जनाएको छ।
आयोगका अनुसार ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै रूकुम पूर्वाको पुथा उत्तरगंगा वडा नम्बर २ को वडाध्यक्ष नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।
आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाली कांग्रेस (विपी), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा दलले उम्मेदवारी नदिएको जनाएको छ।
सो अनुसार निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थान बाहेक ४१ रिक्त पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ जनाको उम्मेदवारी परेको आयोगकी सहायक प्रवक्ता नीत पोखरेलले जानकारी दिइन्।
ती उम्मेदवारहरूलाई बुधबार नै निर्वाचन चिह्न प्रदान गरिएको पनि आयोगले जनाएको छ।
आयोगले ती उम्मेदवारहरूले मंसिर १३ गतेसम्म प्रचारप्रसार गर्न पाउने पनि जनाएको छ। १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि सुरू हुनेछ।
निर्वाचन प्रचारप्रसार गर्दा आचारसंहिताको अक्षरसः पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालाहरूलाई अनुरोध गरेको छ। आयोगले सम्पूर्ण मतदाताहरूलाई पनि आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ।
कुन स्थानीय तहमा कति छन् उम्मेदवार ?
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
6 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
6 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक