Janakpurdham
Sat, Jul 19, 2025
`

स्थानीय तह उपनिर्वाचन: ४१ ठाउँमा २० दल र स्वतन्त्रसहित ३७७ उम्मेदवार

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, मंसिर ६ । स्थानीय तह उपनिर्वाचनको कार्यतालिका अन्तर्गत बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारी फिर्ता लिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको थियो। त्यस अवधिमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जानकारी दिएको छ।

निर्वाचन कार्यतालिका अनुसार आइतबार मनोनयन दर्ता भएको थियो। जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष  र वडाध्यक्षको रिक्त ४४ पदमा विभिन्न राजनीतिक दलबाट २८९ र १२१ जनाले स्वतन्त्र उम्मेदवार गरी ४१० जनाले मनोनयन दर्ता गराएका थिए।

बुधबार ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि र केही उम्मेदवार निर्विरोध भएपछि उम्मेदवारको संख्या ३७६ पुगेको आयोगले जनाएको छ।

आयोगका अनुसार ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै रूकुम पूर्वाको पुथा उत्तरगंगा वडा नम्बर २ को वडाध्यक्ष नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।

आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाली कांग्रेस (विपी), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा दलले उम्मेदवारी नदिएको जनाएको छ।

सो अनुसार निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थान बाहेक ४१ रिक्त पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ जनाको उम्मेदवारी परेको आयोगकी सहायक प्रवक्ता नीत पोखरेलले जानकारी दिइन्।

ती उम्मेदवारहरूलाई बुधबार नै निर्वाचन चिह्न प्रदान गरिएको पनि आयोगले जनाएको छ।

आयोगले ती उम्मेदवारहरूले मंसिर १३ गतेसम्म प्रचारप्रसार गर्न पाउने पनि जनाएको छ। १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि सुरू हुनेछ। 

निर्वाचन प्रचारप्रसार गर्दा आचारसंहिताको अक्षरसः पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालाहरूलाई अनुरोध गरेको छ। आयोगले सम्पूर्ण मतदाताहरूलाई पनि आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ।

कुन स्थानीय तहमा कति छन् उम्मेदवार ?

 

साभार : काठमाडौं प्रेस

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

1 दिन पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

1 दिन पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले