प्रधानमन्त्रीले कामको गति बढाउनुपर्छ, मधेश सरकारको नेतृत्व चाँडै कांग्रेसले गर्छ: विश्वप्रकाश शर्मा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,मंसिर ९ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश सरकारमा अब कांग्रेसको मुख्यमन्त्री बन्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस लहान कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले जनमत पार्टी नेतृत्वको सरकारको विकल्प खोजिने बताए ।
उनले भने, ‘कांग्रेसले अहिलेसम्म मधेशमा मुख्यमन्त्री पाएको छैन । मधेश प्रदेश सरकारको विकल्प खोजिनेछ । कांग्रेस नेतृत्वमा बनाउनुपर्छ । एमाले, कांग्रेस र लोसपा मिल्दा सहजै बन्छ । अहिले मुख्यमन्त्री केन्द्रीय सरकारको कारणले राखेका छौं, तर जेजति काम गराइ भइरहेको छ, त्यो चित्त बुझ्दो छैन । अहिले नै यो सरकार ढल्छ भन्ने होइन, तर यही ढंगले अघि बढे कांग्रेसले केन्द्रबाट निर्णय गरेर अघि बढ्छ ।’
महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि काम गर्ने गति बढाउनुपर्ने बताए । उनले बीआरआईमात्रै नभएर अरु पनि विदेशी ऋण थुपारेर विकास योजना ल्याउने पक्षमा कांग्रेस नरहेको बताए ।
सहकारी रकम अपचलनमा रवि लामिछानेलाई मात्रै लक्षित गरेर सरकारले छानबिन र कारबाही अगाडि नबढाएको भन्दै उनले कांग्रेस, एमाले, माओवादी, राप्रपा सबैका नेताहरुमाथि छानबिन भइरहेको बताए ।
महामन्त्री शर्माले पार्टी उपसभापति धनराज गुरुङमाथि पनि छानबिन भइरहेको भन्दै दोषी पाइएमा कारबाही हुने बताए ।
साभार ः नेपाल प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
6 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
6 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक