Janakpurdham
Sat, Jul 19, 2025
`

प्रधानमन्त्रीले कामको गति बढाउनुपर्छ, मधेश सरकारको नेतृत्व चाँडै कांग्रेसले गर्छ: विश्वप्रकाश शर्मा

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,मंसिर ९ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश सरकारमा अब कांग्रेसको मुख्यमन्त्री बन्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस लहान कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले जनमत पार्टी नेतृत्वको सरकारको विकल्प खोजिने बताए ।

उनले भने, ‘कांग्रेसले अहिलेसम्म मधेशमा मुख्यमन्त्री पाएको छैन । मधेश प्रदेश सरकारको विकल्प खोजिनेछ । कांग्रेस नेतृत्वमा बनाउनुपर्छ । एमाले, कांग्रेस र लोसपा मिल्दा सहजै बन्छ । अहिले मुख्यमन्त्री केन्द्रीय सरकारको कारणले राखेका छौं, तर जेजति काम गराइ भइरहेको छ, त्यो चित्त बुझ्दो छैन । अहिले नै यो सरकार ढल्छ भन्ने होइन, तर यही ढंगले अघि बढे कांग्रेसले केन्द्रबाट निर्णय गरेर अघि बढ्छ ।’

महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि काम गर्ने गति बढाउनुपर्ने बताए । उनले बीआरआईमात्रै नभएर अरु पनि विदेशी ऋण थुपारेर विकास योजना ल्याउने पक्षमा कांग्रेस नरहेको बताए ।

सहकारी रकम अपचलनमा रवि लामिछानेलाई मात्रै लक्षित गरेर सरकारले छानबिन र कारबाही अगाडि नबढाएको भन्दै उनले कांग्रेस, एमाले, माओवादी, राप्रपा सबैका नेताहरुमाथि छानबिन भइरहेको बताए ।

 

महामन्त्री शर्माले पार्टी उपसभापति धनराज गुरुङमाथि पनि छानबिन भइरहेको भन्दै दोषी पाइएमा कारबाही हुने बताए ।


साभार ः नेपाल प्रेस

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

1 दिन पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

1 दिन पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले