Janakpurdham
Mon, Nov 25, 2024
`

विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिने

3 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,मंसिर १० गते ।  जनकपुरधाममा यही मङ्सिर १६ गतेबाट शुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाको अध्यक्षतामा आइतवार समन्वय बैठक सम्पन्न भएको छ ।

विवाह पञ्चमीमा सहभागी हुनका लागि आउने लाखौँ तीर्थयात्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरीले १ हजार ४ सय प्रहरी परिचालन गर्नुका साथै पाकेटमारा सहितका अपराध रोक्नका लागि तालिम प्राप्त सदा पोसाकका प्रहरी परिचालन गर्ने धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । 

यसैगरी सीमानादेखि मेलासम्म शान्ति सुरक्षा, भन्सार सुरक्षासहितको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर मेलामा ७ सय ५ जना सशस्त्र प्रहरी परिचालन गर्नुका साथै अत्यधिक भिड हुने ठाउँमा ड्रोनको साहायताले सुरक्षा निगरानी गर्ने तयारी गरिएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो । 

oplus_2

मेलामा आउने सवारी साधन तथा भिडलाई व्यवस्थापन गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले १ सय ४० ट्राफिक प्रहरी परिचालन गर्ने र मेलामा आउने सवारी साधन तथा हल्का सवारी साधनको पार्किङ स्थलको विषयमा ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरि ओलीले जानकारी दिँदै भिभिआइपीका लागि विशेष मार्ग छुट्याउने तयारी गरिएको जानकारी दिनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा गरेको सरसफाई, बाह्र विगाह रंगभूमि मैदानमा १ सय अस्थायी शौचालयको निर्माणका साथै हनुमानगढीमा शौचालय तथा ठाउँ ठाउँमा चापाकलको व्यवस्थापनको काम शुरु गरेको बैठकमा जानकारी दिएको छ । 

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा.जामुन प्रसाद सिंहले प्रादेशिक अस्पतालले २४ औँ घण्टा चिकित्सक डिउटीमा राख्नुका साथै मेलालाई लक्षित गरेर ७५ वेड छुट्याउने काम गर्नुका साथै आवश्यक औषधिको व्यवस्थापन गरेको जानकारी दिनुभयो । 

त्यस्तै, खानेपानी संस्थानले ठाउँ ठाउँमा धाराको जडान गर्नुका साथै विद्युत् प्राधिकरणले मेलामा विद्युत् नकाटिने गरि व्यवस्थापन गरेको बैठकमा जानकारी दिएको छ । 

यसका साथै नेपाल टेलिकमले मोबाइलको नेटवर्कमा समस्या नआओस् भन्नका लागि टावरसहितको थप ओवि भ्यानको व्यवस्थापन गर्नुका साथै सडक डिभिजन कार्यालयले सडकमा भएको खाण्डाखुण्डी पुर्ने काम गरिरहेको डिई दिपक कुमार झाले जानकारी दिनुभयो । 

नेपाल रेडक्रसको समन्वयमा मेलाको विभिन्न भागमा १ सय १ वटा निःशुल्क स्वास्थ्य शिविरका साथै दुर्घटनामा परेकालाई रगत निःशुल्क दिने व्यवस्था मिलाएको सभापति नरेश प्रसाद सिंहले जानकारी दिनुभयो । 

बैठकमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष मनोज कुमार साहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घले मेलाको सुरक्षाका लागि आउने ३ सय ५० सुरक्षाकर्मीको बाँसको व्यवस्थापनका साथै बाहिरबाट आउने तीर्थयात्रीलाई आवास तथा भोजनको व्यवस्था गरेको जानकारी दिनुभयो । 

समन्वय बैठकमा महावीरु युवा कमिटीका अध्यक्ष अजय गुप्ता, श्रीराम युवा कमिटी तथा मणिमण्डल व्यवस्थापन समितिका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।  

जनकपुरधाममा मङ्सिर १६ गतेबाट नगर दर्शन शुरु भएर २२ गते रामकलेवासम्म सप्ताहव्यापी रुपमा विवाह पञ्चमी महामहोत्सव हुन लागेको छ ।

यस पटक भारतबाट पाँच सयको सङ्ख्यामा जन्ति आउन लागेका छन् । पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ति आउने गरेका छन् । 


साभार ः रेडियो नेपाल

`
12 comments
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन ग..

जनकपुरधाम ,मंसिर १० गते ।  जनकपुरधाममा यही मङ्सिर १६ गतेबाट शुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवल..

3 घन्टा पहिले

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

इनरुवा ,मंसिर ९ गते । देवानगञ्ज गाउँपालिका-३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समय..

1 दिन पहिले

प्रधानमन्त्रीले कामको गति बढाउनुपर्छ, मधेश सरकारको नेत..

काठमाडौं ,मंसिर ९ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश सरकारमा अब कांग्रेसको मुख्यमन्..

1 दिन पहिले

प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

काठमाडौं, मंसिर ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द..

2 दिन पहिले

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

झापा,२०८१ मंसिर ८ गते । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगाय..

2 दिन पहिले