जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य : सभापति देउवा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,मंसिर ११ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद हुनेहरूले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको बताउनुभएको छ ।
जनकपुरधाम–२५, लोहनामा नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका पूर्व सदस्य स्वर्गीय अरविन्द ठाकुरको अर्ध कदको शालिक अनावरण गर्दै उहाँले लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि काँग्रेसको सशस्त्र आन्दोलनको क्रममा बम प्रहार गर्नका लागि खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताउनुभएका स्वर्गीय ठाकुर जस्ता नेताका कारण नै मुलुकमा संघीय लोकतान्त्रिक अभ्यासमा हामीहरू रहेको बताउनुभयो ।
उहाँले मुलुकमा विभिन्न परिवर्तनको लागि सहिद भएका र जेलनेल सहितको यातना पाएकाहरूको कारणले धेरै परिवर्तनहरू भएको बताउँदै जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताउनुभयो ।
नेपाली काँग्रेसका पूर्व उपसभापति एवं नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक शासन व्यवस्थाका लागि ठूलो योगदान दिनुभएका स्वर्गीय नेता अरविन्द ठाकुरको सपना साकार पार्न संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले नेपाली काँग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाहरूको निर्माणका साथै जनतालाई धेरै अधिकार दिएको बताउँदै अहिले पनि देश तथा मधेशको हित चाहने पार्टी काँग्रेस नै भएको दाबी गर्नुभयो ।
नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता आनन्द प्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य मिनाक्षी झा, स्वर्गीय ठाकुरका छोरी एवं संविधान सभाका सदस्य रश्मि ठाकुर, नेपाली काँग्रेस प्रदेश सभापति कृष्ण प्रसाद यादव, प्रतिमा निर्माणमा बजेट दिनुभएका पूर्व मन्त्री रामसरोज यादव, नेपाली काँग्रेस जनकपुरधाम नगर सभापति मनोज कुमार साहले पनि बोल्नुभएको थियो ।
करिब २५ लाखको लागतमा स्वर्गीय नेता ठाकुरको प्रतिमा सहितको संरचना निर्माण भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका सभापति देउवाले स्वर्गीय ठाकुरका धर्मपत्नीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
साभार : रेडियो नेपाल
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
6 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
6 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक