देशमा संकट पर्दा कांग्रेस नेता कार्यकर्ता भागेका छैनन्, लुकेका छैनन्, डटेका छन् : विद्वान गुरुङ
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,मंसिर १२ गते । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले देशबाट भागेका र विदेशमा ठगेर आएकाहरूको नयाँ दल भन्नेहरू फेरि पनि भाग्ने समय आउने जिकिर गरेका छन् ।
मंगलबार कीर्तिपुरमा आयोजित चुनावी कार्यक्रममा अध्यक्ष गुरुङले रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै सहकारीको रकम ठगी गर्नेहरूले भोलिका दिनमा देशबाट भाग्ने बताए । उनले नयाँ भनिएकाहरूबाट सामाजिक सञ्जालमा जथाभावी विकृतिपूर्ण पोष्टहरू गरेर नेताहरूको चरित्रहत्या हुने कार्यहरू भएको बताए ।
उनले भने, ‘यो व्यवस्थामाथि हरेक दिन फेक आईडी बनाएर नेताहरूमाथि गाली र गलौज गर्नुभएको छ । देशमा विकृति र विचलित कार्य मच्चाउँदै हुनुहुन्छ ।’
‘यति धेरै विकृतिहरू तपाईहरूले मच्चाउनुभएको छ कि देशमा खुसीयाली भन्दा पनि जनतामा निराशा छाएको छ’, तरुण अध्यक्ष गुरुङले भने ।
तरुण दलका अध्यक्ष गुरुङले देशमा संकट आउँदा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले साथ दिएको बताए । उनले भने, ‘जबजब देशमा संकट पर्छ नेपाली कांग्रेसका नेता कार्यकर्ता भागेको छैन । लुकेको छैन । डटेको छ ।’
‘अब यो देशमा बस्न सकिदैन भनेर यो देश छोडेर भागेकाहरू आज सबैभन्दा ठूला ठूला कुरा गरेर विद्वानहरूले सामाजिक सञ्जालमा लेख्ने गरेका छन्’, अध्यक्ष गुरुङले भने ।
‘ती नयाँ भन्नेहरू यो देशबाट भागेर गएका थिए । विभिन्न देशमा ठगेर आएका थिए र ठग्न आएका हुन् भन्दा कसैले पत्याएनन्’, उनले दाबी गरे ।
उनले नयाँ भन्ने दलकाले नै जनताका पैसा हिनामिना भएको र जेलमा भएको गुरुङले जिकिर गरे ।

‘आज मैले सुने, हिजो मात्रै कोही अमेरिका भागेर गएका छन् । धेरै भाग्नेवाला छन्’, अध्यक्ष गुरुङले रास्वपाका नेताहरूको नाम नलिएर भने ।
तरुण अध्यक्ष गुरुङले कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसबाट कृष्णमान डंगोल उम्मेदवार बनेको हुँदा चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी बनाउन अपील गरे । उनले कीर्तिपुरवासीलाई कांग्रेसका उम्मेदवार डंगोललाई विजयी गराउनै पर्ने भनेर अनुरोध गरेका छन् । जनताको माया र साथ पाएकै कारण कीर्तिपुरको १० वटा वडामा कांग्रेसले जितेको अध्यक्ष गुरुङले बताए ।
चुनावी कार्यक्रमपछि घरदैलो कार्यक्रममा तरुण अध्यक्ष गुरुङ हिँडेका थिए । उनले कांग्रेसका उम्मेदवारको पक्षमा भोट मागेका थिए ।
साभार : नेपाल प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
6 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
6 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक