जनकपुरधाममा विवाह पञ्चमीको रौनकता, जन्ती स्वागतका लागी विशेष तयारी
6 दिन पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, मंसिर १३ गते । जनकपुरधाममा वर्षेनी रुपमा मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिका दिन मनाइँदै आएको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव यस पटक भव्य रुपमा मनाईन लागेको छ ।
पाँच वर्षको अन्तरालमा भारतको राम जन्मभूमि अयोध्याबाट पाँच सयको सङ्ख्यामा साधु सन्त सहितको जन्ति आउन थालेकाले यस पटक विशेष हर्षोल्लासका साथ जनकपुरधाममा श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव मनाउन थालेको हो ।
लामो समयको प्रतीक्षा पछि राम जन्मभूमि अयोध्यामा भगवान श्रीरामको भव्य तथा आकर्षक मन्दिर निर्माण भएपछि मन्दिर निर्माण समितिका महासचिव चम्पत राय, विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारीहरू, राजनीतिक दल, उद्योगी, व्यवसायी, साधुसन्तहरु जन्तीको रुपमा जनकपुरधाम आउन लागेकाले यस पटक विशेष तयारी गरिन थालेको छ ।
अहिले जानकी मन्दिर सहितका अन्य मठ मन्दिरहरूको सौन्दर्यीकरणको काम भइरहेको छ भने रामलिला तथा रासलीलाका लागि जानकी मन्दिर अगाडीको परिसरमा भव्य तथा आकर्षक पण्डालको निर्माण गर्ने काम भइरहेको छ ।
विवाह पञ्चमीलाई भव्यता दिनका लागि प्रदेश सरकारले विभिन्न तयारी गरिरहेको छ । मधेश प्रदेश सरकारले मधेश भवन अगाडीको पर्खालमा मिथिला पेन्टिङ गराउने काम गरिरहेको छ । यसका साथै विवाह पञ्चमीको मुख्य दिन विवाहको कार्यक्रम हेर्नका लागि जानकी मन्दिरमा हुने भिडलाई घटाउनका लागि पाँच महत्वपूर्ण ठाउँमा प्रोजेक्टर प्रदेश सरकारले जडान गर्न थालेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकारले विवाह पञ्चमीमा आउने जन्तीको स्वागत गर्ने भएको छ । जन्तीलाई निमन्त्रणा पत्र हस्तान्तरणका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आफै भारतको अयोध्या जानुभएको थियो । यसका साथै प्रदेश सरकारले नै जन्तीको खानपान तथा आवासको व्यवस्थापन गर्न लागेको छ ।
नेपाल भारत बीचको ऐतिहासिक तथा प्राचीन कालिन सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनका लागि विवाह पञ्चमी महोत्सवले विशेष योगदान दिनुका साथै पर्यटन प्रवद्र्धनमा पनि ठूलो योगदान दिएकाले यसको भव्य तयारी गरिएको छ ।
सप्ताहव्यापी रुपमा हुन लागेको श्रीसीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत मङ्सिर १६ गते नगर दर्शन, १७ गते फूलबारी लिला, १८ गते धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंवर तथा शुभ विवाह र २२ गते रामकलेवा रहेको छ ।
साभार ः रेडियो नेपाल
नालामा डुबेर युवतीको मृत्यु भएको घटनाबारे छानबिन समिति ..
जनकपुरधाम, मंसिर १९ गते । सिरहाको मिर्चैया नगरपालिका–५ मा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाब..
6 घन्टा पहिले
नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्..
काठमाडौं, मंसिर १८ गते । चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । प्रधानमन्त्री कपी शर्मा ओल..
6 घन्टा पहिले
त्रेता युगको झल्को दिनेगरी जनकपुरधाममा गरियो धनुष यज्ञ, ..
जनकपुरधाम, मंसिर १८ गते ।। साताव्यापी सीता-राम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज ‘धनुष यज्ञ’ मनाइएको छ । रंगभू..
6 घन्टा पहिले
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता
काठमाडौँ, मंसिर १८ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपच..
1 दिन पहिले
यी हुन् कांग्रेस विजयी भएको १८ ठाउँ, कहाँ कसले जिते?
काठमाडौं, ,मंसिर १८ गते । स्थानीय तह उपनिर्वाचनको मतगणना लगभग सक्किएको छ। अब एउटा गाउँपालिका उपाध्यक्ष र एउटा ..
1 दिन पहिले