Janakpurdham
Wed, Dec 04, 2024
`

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

3 दिन पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा,मंसिर १६ गते । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।

नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो ।

त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ । महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् ।

सर्वपक्षीय बैठक सम्पन्न

निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गर्नुभएको छ ।

हरेक वर्षझैँ यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ । मुख्यमन्त्री सतीश सिंहका साथै विश्व हिन्दू परिषद्का पदाधिकारीले अयोध्यास्थित श्रीराम मन्दिरका पुजारीलगायत श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई हालै अयोध्याको भ्रमण गरी विवाहपञ्चमीमा सरिक हुन आमन्त्रण गर्नुभएको थियो ।


साभार ः रेडियो नेपाल

`
12 comments
नालामा डुबेर युवतीको मृत्यु भएको घटनाबारे छानबिन समिति ..

जनकपुरधाम, मंसिर १९ गते । सिरहाको मिर्चैया नगरपालिका–५ मा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाब..

5 घन्टा पहिले

नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्..

काठमाडौं, मंसिर १८ गते । चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । प्रधानमन्त्री कपी शर्मा ओल..

5 घन्टा पहिले

त्रेता युगको झल्को दिनेगरी जनकपुरधाममा गरियो धनुष यज्ञ, ..

जनकपुरधाम, मंसिर १८ गते ।। साताव्यापी सीता-राम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज ‘धनुष यज्ञ’ मनाइएको छ । रंगभू..

6 घन्टा पहिले

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

काठमाडौँ, मंसिर १८ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपच..

1 दिन पहिले

यी हुन् कांग्रेस विजयी भएको १८ ठाउँ, कहाँ कसले जिते?

काठमाडौं, ,मंसिर १८ गते । स्थानीय तह उपनिर्वाचनको मतगणना लगभग सक्किएको छ। अब एउटा गाउँपालिका उपाध्यक्ष र एउटा ..

1 दिन पहिले