विवाह गर्न दबाब दिएपछि प्रेमीले गरे प्रेमिकाको हत्या, प्रेमीसहित तीन युवक पक्राउ
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,मंसिर १६ गते । धनुषाको जनकनन्दिनी गाउँपालिका- ५ की २० वर्षीया रेखा कुमारी मण्डलको हत्या साथीको सहयोगमा उनका आफ्नै प्रेमीले गरेको खुलेको छ ।
मंसिर ८ मा जनकनन्दिनी गाउँपालिका- ४ र कमला नगरपालिका- २ सरावेकोबीच सिमानामा पर्ने नहरमा बाराभित्र रेखाको शव फेला परेको थियो ।
प्रहरीले उनको हत्यामा संलग्न तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका- ३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र शहिदनगर नगरपालिका ८ का २४ वर्षीय रमेश कुमार मण्डल छन् ।
पक्राउ परेका राम ललित मृतक रेखाको प्रेमी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए । उनका अनुसार विवाहको विषयमा विवाद भएपछि राम ललितले ज्ञानेन्द्र र रमेशको सहयोगमा हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
राम ललित भने नेपाली सेनामा जागिरका लागि फारम भरेका थिए । उनले जागिर भए पश्चात मात्र विवाह गर्ने अडान लिएका थिए । विवाह तत्काल गर्न दबाब दिएकै कारण उनले प्रेमिका रेखाको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
‘प्रेमी राम ललितको योजना अनुसार रेखालाई ज्ञानेन्द्र र रमेशले नहर नजिक लगेको थियो’, डीएसपी सिंहले भने, ‘राम ललितले रेखाको अनुहारमा ढुंगाले हानेर मुर्छित पारे र ब्लेडले घाँटी रेटेर हत्या गरे । त्यसपछि बोरामा बाँधेर नहरमा फाले ।’
पक्राउ परेका तीनै जनामाथि कारबाही अगाडी बढाएको उनको भनाई छ ।
साभार ः नेपाल प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
17 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
17 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले