
विवाह गर्न दबाब दिएपछि प्रेमीले गरे प्रेमिकाको हत्या, प्रेमीसहित तीन युवक पक्राउ
8 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,मंसिर १६ गते । धनुषाको जनकनन्दिनी गाउँपालिका- ५ की २० वर्षीया रेखा कुमारी मण्डलको हत्या साथीको सहयोगमा उनका आफ्नै प्रेमीले गरेको खुलेको छ ।
मंसिर ८ मा जनकनन्दिनी गाउँपालिका- ४ र कमला नगरपालिका- २ सरावेकोबीच सिमानामा पर्ने नहरमा बाराभित्र रेखाको शव फेला परेको थियो ।
प्रहरीले उनको हत्यामा संलग्न तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका- ३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र शहिदनगर नगरपालिका ८ का २४ वर्षीय रमेश कुमार मण्डल छन् ।
पक्राउ परेका राम ललित मृतक रेखाको प्रेमी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए । उनका अनुसार विवाहको विषयमा विवाद भएपछि राम ललितले ज्ञानेन्द्र र रमेशको सहयोगमा हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
राम ललित भने नेपाली सेनामा जागिरका लागि फारम भरेका थिए । उनले जागिर भए पश्चात मात्र विवाह गर्ने अडान लिएका थिए । विवाह तत्काल गर्न दबाब दिएकै कारण उनले प्रेमिका रेखाको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
‘प्रेमी राम ललितको योजना अनुसार रेखालाई ज्ञानेन्द्र र रमेशले नहर नजिक लगेको थियो’, डीएसपी सिंहले भने, ‘राम ललितले रेखाको अनुहारमा ढुंगाले हानेर मुर्छित पारे र ब्लेडले घाँटी रेटेर हत्या गरे । त्यसपछि बोरामा बाँधेर नहरमा फाले ।’
पक्राउ परेका तीनै जनामाथि कारबाही अगाडी बढाएको उनको भनाई छ ।
साभार ः नेपाल प्रेस

चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..
काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..
3 घन्टा पहिले
नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..
काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..
3 घन्टा पहिले
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
2 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
2 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
3 दिन पहिले