Janakpurdham
Fri, Jul 18, 2025
`

प्रेस युनियनको नेतृत्वमा महासंघलाई साझा बनाउनुपर्ने समाजवादी प्रेस संगठनको धारणा

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

वीरगञ्ज, मंसिर १७ गते । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व सहमतीय र संरचना साझा हुनुपर्ने समाजवादी प्रेस संगठनले जनाएको छ ।

वीरगञ्जका पत्रकार स्वर्गीय नरेश सर्राफको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित प्रवचन तथा पुरस्कार वितरण कार्यक्रममा संगठनका अध्यक्ष विश्वमणि सुवेदीले उक्त कुरा बताएका हुन् । उनले सबैभन्दा ठूलो संगठन हुनुका नाताले नेपाल प्रेस युनियनले महासंघको आगामी नेतृत्व लिनुपर्ने धारणा राखे ।

नेपाल पत्रकार महासंघले मंसिर २८ गते केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान तथा एसोसिट्एस शाखाका निर्वाचन मिति तोकेको छ । उक्त मिति नजिकिँदै गर्दा पत्रकार संगठनहरु आ–आफ्ना गतिविधिमा सक्रिय भएका हुन् ।

संगठनको पर्सा शाखाद्वारा आइतबार वीरगञ्जस्थित रेडियो वीरगञ्जको प्रांगणमा आयोजित स्व।नरेश सर्राफ स्मृतिसभामा केन्द्रीय सदस्य तथा शाखाका संस्थापक अध्यक्ष मनोज पटेल २१ हजार राशीको ‘स्वर्गीय नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार– २०८१’ द्वारा पुरस्कृत गरिए । उनलाई नेकपा (एकीकृत समाजवादी)अध्यक्ष माधवकुमार नेपालले दोसल्ला ओढाई पुरस्कृत गरेका थिए ।

 नेपालले देशमा बिग्रिएका पक्षहरूको गम्भीर समीक्षा गर्नुपर्ने भन्दै वर्तमान परिस्थितिलाई सुधार गर्न पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

उनले भने, ‘जे तथ्य हो, त्यही सत्य हो, सबै कुरा गलत हुने सोचले निराशा फैलाउँछ ।’
कार्यक्रममा पत्रकार महासंघका केन्दीय सचिव दीपेन्द्र चौहान, प्रदेश महासचिव श्याम बञ्जारा, सञ्चार उद्यमी ध्रुव साह संगठनका केन्द्रिय सचिव वृजलाल पासवानसहितका वक्ताले मन्तव्य व्यक्त गरे । कार्यक्रमको अध्यक्षता संगठनको पर्सा शाखाका अध्यक्ष शम्भुकुमार सुमन र सञ्चालन सहसचिव श्याम सर्राफले गरेका थिए ।


साभार : नेपाल प्रेस

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

2 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

3 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले