Janakpurdham
Mon, Sep 21, 2026
`

सप्तरीको डाक्नेश्वरी १ र ४ मा जसपा नेपालले मार्‍यो बाजी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,मंसिर १७ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टी ९जसपा० नेपालले बाजी मारेको छ ‌।

मतगणनाको अन्तिम मतपरिणाम अनुसार डाक्नेश्वरी नगरपालिका १ को वडाध्यक्षमा जसपा, नेपालका धिरेन्द्र कुमार साह निर्वाचित भए । ६५२ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूलिया देवी थरुनीले ५८७ मत पाएकी छन् । नेकपा एमालेकी भगवानी साहले मात्र २ सय ६५ मत पाइन् ।

वडा नम्बर ४ को वडाध्यक्षमा पनि जसपा नेपालकै देवेन्द्र प्रसाद यादव निर्वाचित भएका छन् । ३७२ मत पाएर यादव निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमात २७७ र जनमत पार्टीका उदय नारायण पण्डितले २३१ मत पाएका छन् ।

यो वडामा ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका हरि प्रसाद राय विजयी भएका थिए ।


साभार : नेपाल प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

4 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

4 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले