Janakpurdham
Fri, Jul 18, 2025
`

सप्तरीको डाक्नेश्वरी १ र ४ मा जसपा नेपालले मार्‍यो बाजी

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,मंसिर १७ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टी ९जसपा० नेपालले बाजी मारेको छ ‌।

मतगणनाको अन्तिम मतपरिणाम अनुसार डाक्नेश्वरी नगरपालिका १ को वडाध्यक्षमा जसपा, नेपालका धिरेन्द्र कुमार साह निर्वाचित भए । ६५२ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूलिया देवी थरुनीले ५८७ मत पाएकी छन् । नेकपा एमालेकी भगवानी साहले मात्र २ सय ६५ मत पाइन् ।

वडा नम्बर ४ को वडाध्यक्षमा पनि जसपा नेपालकै देवेन्द्र प्रसाद यादव निर्वाचित भएका छन् । ३७२ मत पाएर यादव निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमात २७७ र जनमत पार्टीका उदय नारायण पण्डितले २३१ मत पाएका छन् ।

यो वडामा ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका हरि प्रसाद राय विजयी भएका थिए ।


साभार : नेपाल प्रेस

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

3 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

3 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले