
सीताराम विवाह पञ्चमी- अयोध्याबाट जन्ती मटिहानी पुग्दा भव्य स्वागत, आज जनकपुरधाम आइपुग्ने
8 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,मंसिर १८ गते । सीताराम विवाह पञ्चमीका लागि श्रीराम जन्मभूमि भारतको अयोध्याबाट हिँडेको जन्ती आज जनकपुरधाम आउने भएको छ ।
करिब पाँच सयको संख्यामा साधुसन्त र अयोध्यावासी भगवान् श्रीरामको जन्तीको रूपमा जनकपुरधाम आउन लागेका हुन् । जन्ती सोमवार राति महोत्तरीको मटिहानी आइपुग्दा भव्य स्वागत गरिएको छ ।
मटिहानीका नगर प्रमुख हरि प्रसाद मण्डल र नगरवासीले बाजागाजाका साथ आतिशबाजी गरेर जन्तीको भव्य स्वागत गरे । सोमवार राति मटिहानीमै बसेका जन्ती आज जनकपुरधाम आइपुग्ने जानकी मन्दिरका छोटा महन्त रामरोषण दास ‘वैष्णव’ले जानकारी दिए ।
उनले जन्तीको स्वागत गर्न नगरवासीसँग अपिल गरेका छन् । उनले भने, ‘प्रत्येक पाँच वर्षको अन्तरालमा अयोध्याबाट भगवान् श्रीरामको जन्ती आउँछ । यो हाम्रो सौभाग्य हो । जन्तीलाई हामीले भव्य स्वागत गर्नुपर्छ ।’ उनले चार दिनसम्म जनकपुरधाममा रहने जन्तीको बास र खानासहित सबै व्यवस्था मिलाएको बताए ।
जानकी मन्दिरमा सीताराम विवाह पञ्चमी जारी छ । पहिलो दिन आइतबार नगर दर्शन मनाइयो । सोमवार फूलबारी लीला गरियो । त्रेतायुगमा भगवान् श्रीराम भाइ लक्ष्मणसँग जनकपुरधामको बगैँचामा पुगेपछि सीताको आमनेसामने भएको कथा वर्णित छ ।
आज रंगभूमि मैदानमा धनुषयज्ञ हुनेछ । कसैले हल्लाउन पनि नसकेको शिव धनुष भगवान् श्रीरामले तीन टुक्रा पारेपछि माता सीतासँग विवाह तय भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । त्यसैले मनाइने धनुषयज्ञमा अयोध्याबाट आएको जन्ती पनि सहभागी हुनेछ ।
बुधवार तीलकोत्सव, बिहीबार मटकोर र शुक्रवार विवाह ९स्वयंवर० कार्यक्रमको आयोजना गरिएको छ । शनिवार रामकलेवा पश्चात् विवाह पञ्चमी विधिवत् सम्पन्न हुन्छ ।

चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..
काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..
3 घन्टा पहिले
नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..
काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..
3 घन्टा पहिले
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
2 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
2 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
3 दिन पहिले