त्रेता युगको झल्को दिनेगरी जनकपुरधाममा गरियो धनुष यज्ञ, भगवान श्रीरामले तोडे धनुष
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, मंसिर १८ गते ।। साताव्यापी सीता-राम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज ‘धनुष यज्ञ’ मनाइएको छ । रंगभूमि मैदानमा भगवान श्रीरामले धनुष तोड्न सफल भएपछि माता सीतासँग विवाह तय भयो ।
त्रेता युगमा राजा जनकले छोरी सीताको विवाह गर्न धनुष यज्ञ राखेको धार्मिक ग्रन्थमा उल्लेख छ । कसैले हल्लाउन पनि नसक्ने पिनाक धनुष तोड्नेसँग छोरी सीताको विवाह गर्ने भन्दै ‘धनुष यज्ञ’को आयोजना गरिएको थियो ।

त्रेता युगको झल्को दिनेगरी रंगभूमि मैदानमा ‘धनुष यज्ञ’को आयोजना गरियो । जहाँ सांकेतिक रुपमा कैयौं राज्यका राजामहाराज आए, तर धनुष हल्लाउन सकेनन् । श्रीरामको रुपमा सज्जिएका बालकले धनुष तीन टुक्रा पारे ।

श्रीरामले धनुष तोडेपछि श्रद्धालुहरुले ‘जय श्रीराम’को जय जयकार गरे । सो अवसरमा जानकी मन्दिरका छोटा महन्त रामरोषण दास वैष्णवले रुपैयाँ चढाए । श्रद्धालुहरुले फूल बर्साए ।
धार्मिक मान्यताअनुरुप आयोजना गरिएको धनुष यज्ञ हेर्न हजारौं श्रद्धालु, साधुसन्त र अयोध्याबाट आएको जन्ती सहभागी थिए ।

धनुष तोड्न सफल भएका श्रीराम र सीताबीच मंसिर शुक्ल पञ्चमीका दिन विवाह भएको थियो । त्यसकै सम्झनामा जानकी मन्दिरले हरेक वर्ष धुमधामका साथ सीता-राम विवाह पञ्चमीको आयोजना गरेर भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराउँदै आएको छ ।

भगवान श्रीरामको जन्मभूमि भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या मानिन्छ । पाँच वर्षको अन्तरालमा अयोध्याबाट भगवान श्रीरामको जन्तीको रुपमा साधुसन्त आउने गर्छन् । यस वर्ष ५०० को संख्यामा आएको जन्तीलाई आज जनकपुरधाममा भव्य स्वागत गरिएको छ । चार दिन बस्ने जन्तीका लागि बास र खानपानको व्यवस्थापन मधेश प्रदेश सरकारले गरेको छ ।

महोत्सवअन्तर्गत बुधबार तिल्कोत्सव, बिहीबार मटकोर र शुक्रबार विवाह (स्वयंवर) आयोजना गरिनेछ । अन्तिम दिन रामकलेवापश्चात विवाह पञ्चमी विधिवत सम्पन्न हुनेछ ।
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
16 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
16 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले