
त्रेता युगको झल्को दिनेगरी जनकपुरधाममा गरियो धनुष यज्ञ, भगवान श्रीरामले तोडे धनुष
8 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, मंसिर १८ गते ।। साताव्यापी सीता-राम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज ‘धनुष यज्ञ’ मनाइएको छ । रंगभूमि मैदानमा भगवान श्रीरामले धनुष तोड्न सफल भएपछि माता सीतासँग विवाह तय भयो ।
त्रेता युगमा राजा जनकले छोरी सीताको विवाह गर्न धनुष यज्ञ राखेको धार्मिक ग्रन्थमा उल्लेख छ । कसैले हल्लाउन पनि नसक्ने पिनाक धनुष तोड्नेसँग छोरी सीताको विवाह गर्ने भन्दै ‘धनुष यज्ञ’को आयोजना गरिएको थियो ।
त्रेता युगको झल्को दिनेगरी रंगभूमि मैदानमा ‘धनुष यज्ञ’को आयोजना गरियो । जहाँ सांकेतिक रुपमा कैयौं राज्यका राजामहाराज आए, तर धनुष हल्लाउन सकेनन् । श्रीरामको रुपमा सज्जिएका बालकले धनुष तीन टुक्रा पारे ।
श्रीरामले धनुष तोडेपछि श्रद्धालुहरुले ‘जय श्रीराम’को जय जयकार गरे । सो अवसरमा जानकी मन्दिरका छोटा महन्त रामरोषण दास वैष्णवले रुपैयाँ चढाए । श्रद्धालुहरुले फूल बर्साए ।
धार्मिक मान्यताअनुरुप आयोजना गरिएको धनुष यज्ञ हेर्न हजारौं श्रद्धालु, साधुसन्त र अयोध्याबाट आएको जन्ती सहभागी थिए ।
धनुष तोड्न सफल भएका श्रीराम र सीताबीच मंसिर शुक्ल पञ्चमीका दिन विवाह भएको थियो । त्यसकै सम्झनामा जानकी मन्दिरले हरेक वर्ष धुमधामका साथ सीता-राम विवाह पञ्चमीको आयोजना गरेर भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराउँदै आएको छ ।
भगवान श्रीरामको जन्मभूमि भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या मानिन्छ । पाँच वर्षको अन्तरालमा अयोध्याबाट भगवान श्रीरामको जन्तीको रुपमा साधुसन्त आउने गर्छन् । यस वर्ष ५०० को संख्यामा आएको जन्तीलाई आज जनकपुरधाममा भव्य स्वागत गरिएको छ । चार दिन बस्ने जन्तीका लागि बास र खानपानको व्यवस्थापन मधेश प्रदेश सरकारले गरेको छ ।
महोत्सवअन्तर्गत बुधबार तिल्कोत्सव, बिहीबार मटकोर र शुक्रबार विवाह (स्वयंवर) आयोजना गरिनेछ । अन्तिम दिन रामकलेवापश्चात विवाह पञ्चमी विधिवत सम्पन्न हुनेछ ।

चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..
काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..
3 घन्टा पहिले
नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..
काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..
3 घन्टा पहिले
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
2 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
2 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
3 दिन पहिले