
नालामा डुबेर युवतीको मृत्यु भएको घटनाबारे छानबिन समिति गठन
8 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, मंसिर १९ गते । सिरहाको मिर्चैया नगरपालिका–५ मा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।
पूर्वाधार कार्यालय सिरहाका प्रमुख रामदेव खड्काको नेतृत्वमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साह र जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत सुरेश साह रहेको छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए।
छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ।
स्थानीय २५ वर्षीया रोजिनादेवी महतोको नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको थियो।
मृतकका आफन्त तथा स्थानीयले नगरपालिका र नाला निर्माण व्यवसायी कम्पनीको लापर्बाहीका कारण उनको मृत्यु भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका थिए । नगरपालिकाले उक्त खाल्डो एक वर्षअघि खनेको स्थानीयवासीको भनाइ छ।
मिर्चैया नगरपालिकाले भने नाला निर्माण योजना सङ्घीय सरकारको भएको जनाएको छ । नगरपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै उक्त योजना सङ्घीय सरकारको भएको जनाएको छ।
मिर्चैया बजार क्षेत्रमा दुई वर्षअघि नाला निर्माणको काम गरेको सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजविराजका कार्यालय प्रमुख उदय चौधरीको भनाइ छ।
साभार ः काठमाडौं प्रेस

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
19 घन्टा पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
19 घन्टा पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
2 दिन पहिले
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..
मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..
2 दिन पहिले
जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..
काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..
4 दिन पहिले