Janakpurdham
Fri, Jul 18, 2025
`

विवाह पञ्चमी : भगवान श्रीरामलाई जब तिलक चढाइयो

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर २० गते । साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज चौथो दिन ‘तिलकोत्सव’ विधि गरिएको छ ।

राम मन्दिरमा आयोजित कार्यक्रमबीच भगवान श्रीरामलाई राजा जनकको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटा महन्त रामरोषण दास ‘वैष्णव’ले तिलक चढाए ।

मिथिलामा बेहुला र बेहुली एकअर्को पक्षलाई मन परेपछि तिलक चढाउने परम्परा छ । सोही परम्परा अनुरुप त्रेतायुगमा जस्तै आज भगवान श्रीरामलाई तिलक चढाइएको छ ।

अयोध्या अर्थात् राजा दशरथको भूमिकामा राम मन्दिरका महन्त राम गिरी र राजा जनकको प्रतिनिधित्व गरेका जानकी मन्दिरका छोटा महन्त दासले सम्धी मिलन समेत गरेका छन् ।

 मिथिला परम्परा अनुसार बेहुली र बेहुला पक्षका महिलाले एक अर्कालाई गाली दिने चलन छ । यहाँ पनि महिलाहरु लोकगीत मार्फत् अयोध्याबाट आएका जन्तीलाई गाली गरे ।

तिलकोत्सवका लागि जानकी मन्दिरबाट करिब सयौं भार (कोसेली) राम मन्दिर लगिएको थियो । तिलकोत्सव समारोहमा अयोध्याबाट आएका जन्ती र हजारौं श्रद्धालु सहभागी थिए ।

तिलकोत्सव समारोहमा गितनाद र नृत्यले दर्शकहरु भरपुर मनोरञ्जन प्राप्त गरे । वैवाहिक गित र हाँस्य परिहासको माहोलले साधुसन्त समेत नाच्न बाध्य बनायो । माहोल हेर्दा लाग्थ्यो– त्रेतायुग फर्किएको छ ।

विवाह पञ्चमी महोत्सवको पाँचौ दिन बिहिवार मटकोर र छैटौं दिन शुक्रवार विवाह (स्वयंवर) कार्यक्रम आयोजना गरिनेछ । शनिवार रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदा गरेपछि विवाह पञ्चमी विधिवत सम्पन्न हुन्छ ।

          

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

2 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

2 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

1 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

1 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

2 दिन पहिले