Janakpurdham
Thu, Oct 15, 2026
`

विवाह पञ्चमी : भगवान श्रीरामलाई जब तिलक चढाइयो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर २० गते । साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज चौथो दिन ‘तिलकोत्सव’ विधि गरिएको छ ।

राम मन्दिरमा आयोजित कार्यक्रमबीच भगवान श्रीरामलाई राजा जनकको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटा महन्त रामरोषण दास ‘वैष्णव’ले तिलक चढाए ।

मिथिलामा बेहुला र बेहुली एकअर्को पक्षलाई मन परेपछि तिलक चढाउने परम्परा छ । सोही परम्परा अनुरुप त्रेतायुगमा जस्तै आज भगवान श्रीरामलाई तिलक चढाइएको छ ।

अयोध्या अर्थात् राजा दशरथको भूमिकामा राम मन्दिरका महन्त राम गिरी र राजा जनकको प्रतिनिधित्व गरेका जानकी मन्दिरका छोटा महन्त दासले सम्धी मिलन समेत गरेका छन् ।

 मिथिला परम्परा अनुसार बेहुली र बेहुला पक्षका महिलाले एक अर्कालाई गाली दिने चलन छ । यहाँ पनि महिलाहरु लोकगीत मार्फत् अयोध्याबाट आएका जन्तीलाई गाली गरे ।

तिलकोत्सवका लागि जानकी मन्दिरबाट करिब सयौं भार (कोसेली) राम मन्दिर लगिएको थियो । तिलकोत्सव समारोहमा अयोध्याबाट आएका जन्ती र हजारौं श्रद्धालु सहभागी थिए ।

तिलकोत्सव समारोहमा गितनाद र नृत्यले दर्शकहरु भरपुर मनोरञ्जन प्राप्त गरे । वैवाहिक गित र हाँस्य परिहासको माहोलले साधुसन्त समेत नाच्न बाध्य बनायो । माहोल हेर्दा लाग्थ्यो– त्रेतायुग फर्किएको छ ।

विवाह पञ्चमी महोत्सवको पाँचौ दिन बिहिवार मटकोर र छैटौं दिन शुक्रवार विवाह (स्वयंवर) कार्यक्रम आयोजना गरिनेछ । शनिवार रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदा गरेपछि विवाह पञ्चमी विधिवत सम्पन्न हुन्छ ।

          

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

16 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

16 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले