Janakpurdham
Thu, Oct 15, 2026
`

विवाह पञ्चमी महोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर २२ गते ।  त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव भव्य रूपमा मनाइन्छ। यस अवसरमा अयोध्याबाट बाराती जनकपुरधाम आउने परम्परा छ, जसले नेपाल–भारतको सांस्कृतिक सम्बन्धलाई बलियो बनाएको छ।


विवाह पञ्चमी महोत्सवलाई थप व्यवस्थित र सहज बनाउन नेपाल–भारत खुला सिमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालले नि:शुल्क स्वास्थ्य शिविर, यात्री विश्राम सेवा, पिउने पानीको व्यवस्था, र परामर्श केन्द्र स्थापना गरेका छन्। शिविरको दोस्रो दिनसम्म २,५०० भन्दा बढी तीर्थयात्रीहरूले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा डा. अजय मिश्र, डा. उदय झा, र अन्य स्वास्थ्यकर्मीहरूले नि:शुल्क उपचार सेवा प्रदान गरिरहेका छन्।


नेपाल–भारत खुला सिमाका कारण भारतको बिहार, उत्तर प्रदेश, र पश्चिम बंगालबाट लाखौंको संख्यामा भक्तजन राम–जानकी विवाह हेर्न जनकपुरधाम आइपुग्छन्। शिविर बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालनमा रहनेछ, जसपछि यात्री विश्राम स्थलको रूपमा परिवर्तन गरिने व्यवस्था छ। तीर्थयात्रीहरूले खुला सिमालाई नेपाल–भारतको मैत्री सम्बन्धको आधारस्तम्भका रूपमा उल्लेख गरेका छन्।


शिविर उद्घाटन कार्यक्रममा जसपा नेता एवं प्रदेश सभा सदस्य मनिष सुमन, जिसस प्रमुख रामनन्दन मण्डल, र अन्य प्रतिष्ठित व्यक्तित्वहरूले समाजसेवाको यो पहललाई प्रेरणादायी भन्दै प्रशंसा गरे। क्लोथ बैंकका उपाध्यक्ष पुरन साह, सचिव मनिष श्रीओम, तथा नेपाल–भारत खुला सिमा संवाद समूहका उपाध्यक्ष शैलेन्द्र झा, कोषाध्यक्ष रुबि झा लगायतका व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। प्रवक्ता प्रमोद साह रङ्गीका अनुसार यो शिविरले तीर्थयात्रीहरूलाई सहज, सुरक्षित, र सुव्यवस्थित वातावरण प्रदान गर्ने उद्देश्य राखेको छ।

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

16 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

16 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले