Janakpurdham
Fri, Jul 18, 2025
`

विवाह पञ्चमी महोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर २२ गते ।  त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव भव्य रूपमा मनाइन्छ। यस अवसरमा अयोध्याबाट बाराती जनकपुरधाम आउने परम्परा छ, जसले नेपाल–भारतको सांस्कृतिक सम्बन्धलाई बलियो बनाएको छ।


विवाह पञ्चमी महोत्सवलाई थप व्यवस्थित र सहज बनाउन नेपाल–भारत खुला सिमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालले नि:शुल्क स्वास्थ्य शिविर, यात्री विश्राम सेवा, पिउने पानीको व्यवस्था, र परामर्श केन्द्र स्थापना गरेका छन्। शिविरको दोस्रो दिनसम्म २,५०० भन्दा बढी तीर्थयात्रीहरूले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा डा. अजय मिश्र, डा. उदय झा, र अन्य स्वास्थ्यकर्मीहरूले नि:शुल्क उपचार सेवा प्रदान गरिरहेका छन्।


नेपाल–भारत खुला सिमाका कारण भारतको बिहार, उत्तर प्रदेश, र पश्चिम बंगालबाट लाखौंको संख्यामा भक्तजन राम–जानकी विवाह हेर्न जनकपुरधाम आइपुग्छन्। शिविर बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालनमा रहनेछ, जसपछि यात्री विश्राम स्थलको रूपमा परिवर्तन गरिने व्यवस्था छ। तीर्थयात्रीहरूले खुला सिमालाई नेपाल–भारतको मैत्री सम्बन्धको आधारस्तम्भका रूपमा उल्लेख गरेका छन्।


शिविर उद्घाटन कार्यक्रममा जसपा नेता एवं प्रदेश सभा सदस्य मनिष सुमन, जिसस प्रमुख रामनन्दन मण्डल, र अन्य प्रतिष्ठित व्यक्तित्वहरूले समाजसेवाको यो पहललाई प्रेरणादायी भन्दै प्रशंसा गरे। क्लोथ बैंकका उपाध्यक्ष पुरन साह, सचिव मनिष श्रीओम, तथा नेपाल–भारत खुला सिमा संवाद समूहका उपाध्यक्ष शैलेन्द्र झा, कोषाध्यक्ष रुबि झा लगायतका व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। प्रवक्ता प्रमोद साह रङ्गीका अनुसार यो शिविरले तीर्थयात्रीहरूलाई सहज, सुरक्षित, र सुव्यवस्थित वातावरण प्रदान गर्ने उद्देश्य राखेको छ।

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

2 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

2 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

1 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

1 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

2 दिन पहिले