
संघीय लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा पूर्व राष्ट्रपतिको जोड
8 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,मंसिर २५ गते । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान गतिशील दस्ताबेज भएकाले यसमा परिमार्जन गर्दै संघीय लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
२००७ सालको जनकपुर जनसरकारका प्रधानमन्त्री स्वर्गीय महेन्द्र नारायण निधिको लोकतान्त्रिक सङ्घर्ष सहितको विषयलाई समेटेर वरिष्ठ पत्रकार किशोर नेपालले लेख्नुभएको “नेपालको निधि” भन्ने पुस्तकको आज जनकपुरधाममा लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानमा लोकतन्त्रका सबै अवयवहरू समेटिएको बताउनुभयो ।
उहाँले संविधानमा कार्यपालिका, व्यवस्थापिकाले राम्रो काम गर्न नसकेको र स्वतन्त्र न्यायपालिकामा पनि राजनीतिक हस्तक्षेप बढेको बताउँदै अहिले विश्वविद्यालयहरूमा दलीय भागबन्डाबाट पदाधिकारीको नियुक्ति हुनु मुलुकका लागि दुर्भाग्य भएको बताउनुभयो ।

पूर्व उप प्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मुलुकमा राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरण नभएसम्म मुलुकको विकास कठिन हुने बताउँदै वर्तमान सरकारले यसमा ध्यान दिँदै दुई वर्षपछि काँग्रेसलाई सहमति अनुसार नेतृत्व हस्तान्तरण गर्ने आशा व्यक्त गर्नुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकको हरेक परिवर्तनमा मधेश प्रदेश भएको भूगोलले ठूलो योगदान दिएको बताउँदै मधेशका नेता तथा जनताले राज्यबाट उचित सम्मान पाउन नसकेको गुनासो गर्नुभयो ।
महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष नरेन्द्र कुमार मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनता समाजवादी पार्टीका नेता रामअशिष यादव, नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं विश्लेषक रामचन्द्र झा, वामपन्थी नेता शीतल झा, नेपाली काँग्रेसका नेता रामसरोज यादव, पूर्व मन्त्री रामकृष्ण यादव, तमलोपाका नेता डा. विजय कुमार सिंह, काँग्रेसका नेता स्मृति नारायण चौधरीले स्वर्गीय नेता निधिको व्यक्तित्व माथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा विमोचित पुस्तकका विषयमा लेखक वरिष्ठ पत्रकार किशोर नेपालले जानकारी दिनुभएको थियो ।
साभार ः रेडियो नेपाल

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
16 घन्टा पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
16 घन्टा पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
2 दिन पहिले
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..
मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..
2 दिन पहिले
जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..
काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..
4 दिन पहिले