Janakpurdham
Thu, Oct 15, 2026
`

लैङ्गिक हिंसा स्वीकार्य नहुने : मन्त्री साह

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,मंसिर २६ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साहले कुनै प्रकारको लैङ्गिक हिंसा सभ्य समाजका लागि स्वीकार नहुने बताउँदै कुनै पनि हिंसा राज्यको लागि सह्य नहुने बताउनु भएको छ । 

मन्त्री साहले संघीय मन्त्रालय तथा मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको लैङ्गिक हिंसा निवारण सम्बन्धि कानूनी प्रावधान विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले कानुनमा लैङ्गिक हिंसा दण्डनीय भएपनि अहिले पनि समाजमा हिंसा हुने गरेको बताउँदै हिंसामा परेकालाई राज्यले संरक्षण गर्नुका साथै हिंसा गर्ने माथि कानूनी कारबाही हुने भएकाले हरेका व्यक्ति सचेत रहन जरुरी रहेको बताउनु भयो । 

मन्त्री साहले अशिक्षा, गरिबी तथा पुरातन शोचका कारणले समाजमा हिंसा हुने गरेको बताउँदै आफूले कहिल्यै हिंसा नगर्ने र हिंसा नसहने कुरामा हरेक व्यक्तिले प्रण गर्न आवश्यक भएको बताउनु भयो । 

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले सामाजिक विकृति तथा अपराधको रुपमा रहेको लैङ्गिक हिंसा नियन्त्रणका लागि सबै निकायले मिलेर काम गर्नु पर्ने धारणा राख्नु भयो । 

उहाँले मधेश प्रदेशका जिल्लाहरूमा दाइजो, बोक्सी तथा यौनजन्य हिंसा बढी हुने गहेको बताउँदै यसमा राज्यको कडा कानून रहेको विषयमा प्रचार प्रसार गर्न आवश्यक भएको बताउनु भयो । 

संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्रालयका सहसचिव अभाष श्रेष्ठ कर्ण सहितले लैङ्गिक हिंसा हुनु कुनै पनि समाजका लागि दुःखद अवस्था भएकाले बताउनु भयो । 

धनुषा तथा महोत्तरी जिल्लाका विभिन्न पालिकाहरूको उपप्रमुखहरूको सहभागिता रहेको सो कार्यक्रममा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश महेन्द्रनाथ उपाध्यायले लैङ्गिक हिंसाको नियन्त्रणका लागि भएको कानूनी प्रावधानका विषयमा जानकारी दिँदै हिंसा नियन्त्रणमा उपप्रमुखहरूको महत्वपूर्ण हुने बताउनु भयो ।   


साभार ः रेडियो नेपाल

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

16 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

16 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले