Janakpurdham
Thu, Oct 15, 2026
`

क्लोथ बैंक नेपालले विपन्न वर्गलाई न्यानो कपडा वितरण गरी मानवीय सेवामा योगदान पुर्‍यायो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर २६ गते । क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ। संस्थाले नयाँ लुगा, अक्सिजन सिलिन्डर, औषधि वितरण, स्वास्थ्य शिविर सञ्चालन जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। हालै, संस्थाले जनकपुरधाममा रहेका महिला हिंसा पीडित, विपन्न बालबालिका र एक परिवारलाई न्यानो कपडा वितरण गरेको छ।

ओरेक नेपालद्वारा सञ्चालित सेफ हाउसका महिला हिंसा पीडितहरूलाई १४ थान नयाँ जाडोको लुगा प्रदान गरिएको छ। यसैगरी, विजय मलिकको छोराको मुन्डन कार्यक्रममा बच्चा र परिवारका सदस्यहरूका लागि १० थान जाडोका लुगा वितरण गरिएको छ। त्यस्तै, जनकपुरधाम वडा नं. ६ मा रहेको अलजामिया अलतुल हन्फी अलतुल गोसिया मदरसामा अध्ययनरत विपन्न बालबालिकाहरूका लागि ४० थान ज्याकेट वितरण गरिएको छ। दाता साबिर हुसेन, उनका भाइ जुल्फिकार हुसेन र डा. बिपिन झाको सहयोगमा उपलब्ध गराइएका ती ज्याकेट क्लोथ बैंक नेपाल धनुषाले हस्तान्तरण गरेको हो।

ज्याकेट वितरण कार्यक्रममा क्लोथ बैंक नेपालका पदाधिकारीहरू, नेपाल-भारत खुला सीमा संवाद समूहका पदाधिकारीहरू, मदरसा अध्यक्ष, जामा मस्जिद जनकपुरधामका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झा र सचिव मनिष श्रीओमले संस्थाले गर्दै आएका सामाजिक कामहरूको जानकारी दिएका थिए। कोषाध्यक्ष रुबि झाका अनुसार, लुगा वितरण कार्यक्रममा लाभान्वित परिवार र बालबालिकाहरूले अत्यन्त खुसी व्यक्त गरेका छन्।

क्लोथ बैंक नेपाल धनुषाले आगामी दिनमा पनि यस्ता सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाले गरेको यस मानवीय सेवाको प्रशंसा गर्दै स्थानीय समुदायले समेत संस्थाप्रति आभार व्यक्त गरेका छन्।

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

16 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

16 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले