
मनोज रुंगटाद्वारा क्लोथ बैंकलाई नयाँ सारी सहयोग, बालबालिकाले पाए ज्याकेट
7 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, मंसिर २७ गते । क्लोथ बैंक जनकपुरधामले आफ्नो परोपकारी अभियानलाई निरन्तरता दिँदै सोमबार एउटा विशेष कार्यक्रमको आयोजना गर्यो। समाजसेवी तथा प्रतिष्ठित कपडा व्यवसायी मनोज रुंगटा आफ्नो सपरिवार छोरा अंकित रुंगटा,स्वास्नी उषा रुंग्टा र बुहारी प्रीयंका रुंगटा सहित संस्थाको कार्यालयमा आइ ७६ थान विभिन्न ब्रान्डका नयाँ सारी प्रदान गर्नुभएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा राजीव झा संस्था स्थापना र संस्थाले गरिरहेको कार्यको बिषयमा प्रकाश पारेका थिए।संस्थाको स्लोगन हुनेले "नहुने लाई सहयोग गरौं"को नरालाइ सबै ले अबलम्बन गर्नु पर्ने बताउनु भयो।
सोही अवसरमा क्लोथ बैंक नेपाल मार्फत १२ जना बालबालिकाले ज्याकेट प्राप्त गरेका छन्। उक्त कार्यक्रममा गुठी संस्थानको कार्यालय प्रमुख,दाता परिवारका समजसेबी मनोज रुंगटाले संस्थाले गरि रहेको कार्यको प्रशंसा गर्नु भयो।क्लोथ बैंक नेपालको कोषाध्यक्ष रुबि झाले संचालन गरेको कार्यक्रममा धनेश्वर ठाकुर,कृष्ण कुमार साह,राम टहल यादव,भारती झा सहित को सहभागीता रहेको थियो। सहभागीहरु मध्ये अंकित रुंगटाले क्लोथ बैंकले गरिरहेको कामको उच्च प्रशंसा गर्दै समाजमा यसले पार्ने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए।
क्लोथ बैंकका प्रतिनिधिले मनोज रुंगटा र अन्य सहयोगदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो परोपकारी कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
क्लोथ बैंक नेपाल धनुषा जनकपुरधामले विपन्न र असहाय वर्गका लागि लत्ताकपडा वितरण गर्दै सामाजिक सेवामा उदाहरणीय योगदान दिइरहेको छ।

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
1 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
1 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
2 दिन पहिले
भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री
काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्। प्रधानमन्त्र..
2 दिन पहिले
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
3 दिन पहिले