Janakpurdham
Mon, Sep 21, 2026
`

सङ्घीयतालाई बलियो बनाउन सञ्चारकर्मीले कलम चलाउनुपर्छ : नेता निधि

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुस १ गते । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले लोकतन्त्र र सञ्चार एक अर्काको पूरक भएकाले लोकतन्त्रविना स्वतन्त्र सञ्चारको कल्पना गर्न कठिन हुने बताउनुभएको छ ।  

पूर्व उपप्रधानमन्त्री निधिले नेपाल पत्रकार महासङ्घ धनुषाको निर्वाचनमा नव निर्वाचित पदाधिकारीहरूलाई आफ्नो जनकपुरधामस्थित निवासमा आइतवार सम्मान गर्दै नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मीको अहम् भूमिका रहेकाले परिवर्तनलाई संस्थागत गर्नका लागि पनि कलम चलाउन आग्रह गर्नुभयो ।

उहाँले राज्यलाई सकारात्मक रूपमा मुलुक बनाउने कार्यमा अझ बढी जिम्मेवारी बनाउन खबरदारी गर्न जरुरी रहेको बताउनुभयो । 

काँग्रेसका नेता निधिले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझ बढी मजबुत बनाउनका लागि सञ्चारकर्मीहरूको पनि ठुलो जिम्मेवारी रहेको भन्नुहुँदै यसको अभ्यासमा भएको कमी कमजोरीको विषयमा कलम चलाइदिन आग्रह गर्नुभयो ।

उहाँले काँग्रेस जहिले पनि स्वतन्त्र सञ्चारको पक्षमा रहेको बताउनुभयो ।  


साभार ः रेडियो नेपाल

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

4 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

4 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले