
सङ्घीयतालाई बलियो बनाउन सञ्चारकर्मीले कलम चलाउनुपर्छ : नेता निधि
8 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,पुस १ गते । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले लोकतन्त्र र सञ्चार एक अर्काको पूरक भएकाले लोकतन्त्रविना स्वतन्त्र सञ्चारको कल्पना गर्न कठिन हुने बताउनुभएको छ ।
पूर्व उपप्रधानमन्त्री निधिले नेपाल पत्रकार महासङ्घ धनुषाको निर्वाचनमा नव निर्वाचित पदाधिकारीहरूलाई आफ्नो जनकपुरधामस्थित निवासमा आइतवार सम्मान गर्दै नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मीको अहम् भूमिका रहेकाले परिवर्तनलाई संस्थागत गर्नका लागि पनि कलम चलाउन आग्रह गर्नुभयो ।
उहाँले राज्यलाई सकारात्मक रूपमा मुलुक बनाउने कार्यमा अझ बढी जिम्मेवारी बनाउन खबरदारी गर्न जरुरी रहेको बताउनुभयो ।
काँग्रेसका नेता निधिले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझ बढी मजबुत बनाउनका लागि सञ्चारकर्मीहरूको पनि ठुलो जिम्मेवारी रहेको भन्नुहुँदै यसको अभ्यासमा भएको कमी कमजोरीको विषयमा कलम चलाइदिन आग्रह गर्नुभयो ।
उहाँले काँग्रेस जहिले पनि स्वतन्त्र सञ्चारको पक्षमा रहेको बताउनुभयो ।
साभार ः रेडियो नेपाल

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
16 घन्टा पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
16 घन्टा पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
2 दिन पहिले
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..
मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..
2 दिन पहिले
जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..
काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..
4 दिन पहिले