
मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँच न्यून
7 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,पुस १ गते । मधेश प्रदेशका जिल्लाहरूमा स्वास्थ्य बीमाको पहुँच बढाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरोकारवाला निकायको सहभागितामा आज जनकपुरधाममा अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँच बढाउनका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन् ।
नेपाल सरकारले विपन्नका लागि सञ्चालन गरेको निःशुल्क बीमा कार्यक्रम मधेश प्रदेशको कुनै जिल्लामा लागु नगरेकाले अविलम्ब रुपमा शुरु गर्नका लागि सहभागीहरूको सुझाव छ ।
मधेश प्रदेशकामा अहिले ११ दशमलब ५६ प्रतिशतले स्वास्थ्य बीमा गराएको भए पनि निम्न तथा उच्च वर्गका व्यक्तिहरू बीमाको पहुँचमा आउन सकेका छैनन् ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेशका जिल्लाहरूमा स्वास्थ्य बिमाका लागि वर्षको ३ हजार ५ सय रकम दिन नसक्ने परिवारका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
उहाँले मधेश प्रदेश सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ३ अर्ब बजेट विनियोजन गरेको जानकारी दिनुहुँदै गरिब जनतालाई स्वास्थ्य बनाउनका लागि मन्त्रालयले रकमान्तर गरेर भए पनि स्वास्थ्य बीमामा सघाउने बताउनुभयो ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहले उच्च तथा निम्न वर्गका व्यक्तिहरू स्वास्थ्य विमाको पहुँचमा नआएको बताउनुभयो ।
मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.अंकुर साहले स्वास्थ्य विमा क्षेत्रको विस्तारका लागि सेवा तथा सुविधामा विस्तार गर्न जरुरी रहेको भन्नुहुँदै बीमा गरेकाले पनि नवीकरण नगर्ने गरेको बताउनुभयो ।
संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि डा.समीर अधिकारीले देशका १ लाख विपन्न नागरिक तथा १६ लाख ५४ हजार ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बमिा गर्दा शत प्रतिशत बीमाको अवस्था देखिएकाले बीमाप्रति सबै सचेत भए पनि बीमा गराउँदा रकम लाग्ने भएकाले गराउन नचाहेको बताउनुभयो ।
प्रादेशिक अस्पताल जनकपुरधामका प्रमुख डा.जामुनप्रसाद सिंहले मधेश प्रदेशका जिल्लाहरूमा गरिब तथा विपन्नको जनसङ्ख्या अत्यधिक भएका कारणले स्वास्थ्य बीमा गराउनेको सङ्ख्या कम भएको भन्नुहुँदै विपन्न बीमा कार्यक्रम लागु गर्न मधेश स्वास्थ्य विज्ञानका प्रतिष्ठानलाई सुझाव दिनुभयो ।
साभार ः रेडियो नेपाल

चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..
काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..
14 मिनट पहिले
नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..
काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..
17 मिनट पहिले
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
1 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
1 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
2 दिन पहिले