Janakpurdham
Fri, Jul 18, 2025
`

राजविराज विमानस्थलबाट पहिलोपटक रात्रीकालिन उडान

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुस १ गते । सप्तरीको राजविराज विमानस्थलबाट पहिलोपटक रात्रीकालिन उडान सुरू भएको छ। विमानस्थलमा दिउँसोमा बुद्ध एयरले उडान गर्दै आएकोमा बुद्ध एयरले नै रात्रीकालिन उडान गरेको हो। सोमबार राति बुद्धले रात्रिकालीन उडान परीक्षण गरेको छ। परीक्षण उडानका लागि लाइटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रूपमा राजविराज विमानस्थलको सबै तयारी सकिएको छ।  

सोमबार साँझ नियमित उडानलाई नै परीक्षण उडानमा परिणत गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

राजविराज विमानस्थल ०७५ असार देखि  उडान सुरू भएको थियो। श्री एयरलाइन्सको जहाजले पाँच दिने उडान सुरू गरेको थियो। त्यतिबेला पाँच दिनमै उडान कटौती गर्दै एक वर्षपछि राजविराजमा श्रीले उडान बन्द गरेको थियो।

राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लामो र ३० मिटर चौडा पक्की धावनमार्ग छ। यसका अतिरिक्त ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो ट्याक्सी वे निर्माण  गरिएको छ।

योसँगै रात्रीकालिन विमानस्थलको संख्या दस पुगेको छ। काठमाडौं, पोखरा, भैरहवा, धनगढी, नेपालगंज, सिमरा, जनकपुर, चन्द्रगढी विराटनगरमा यसअघि नै रात्रिकालीन उडान भइरहेको छ।

 

साभार ः काठमाडौं प्रेस

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

5 मिनट पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

8 मिनट पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

1 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

1 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

2 दिन पहिले