
थ्रीलर म्याचमा कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा
10 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, पुस ५ गते । जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुर मैदानमा भएको क्वालिफायर २को लो स्कोरिङ थ्रीलर म्याचमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो।
अब जनकपुरले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ। सुदूरपश्चिम बधुबार भएको क्वालिफायर १मा जनकपुरलाई नै हराउँदै फाइनलमा पुगेको थियो। प्रतियोगितामा जनकपुर र सुदूरपश्चिमको तेस्रो पटक भीडेपछि उपाधिको टुंगो लाग्ने छ।
पहिला ब्याटिङ गर्दै कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। तर, टप र मिडलअर्डर पुनः एक पटक असफल हुँदा सामन्य लक्ष्य पछ्याउँदा पनि जनकपुर दबाबमा आएको थियो।
जनकपुरका लागि पनुः एक पटक जिमी निशमले उत्कृष्ट ब्याटिङ गरे। ४४–४को दबाबपूर्ण अवस्थामा ब्याटिङका लागि आएका निशमले १७ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४५ रन बनाउँद जनकपुरको जितको आधार तयार गरेका थिए।
यस्तै, हर्ष थाकरले १७, शेर मल्लले १६ र डेब्यू खेलाडी मयन यादवले १४ र आकश त्रिपाठीले १३ रनको महत्वपूर्ण इनिङ खेले।
बलिङमा कर्णालीका युवा स्पिनर विपिन शर्माले पुनः उत्कृष्ट बलिङ गरे। उनले ३ विकेट लिए। उनले आफ्नो आफ्ना् अन्तिम ओभरमा जिमी निशम र मोहम्मद मोहसिनको विकेट लिँदै कर्णालीलाई खेलमा फर्काएका थिए। यस्तै, सोमपाल कामी र विलियम बसिस्टोले समान १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन मात्र बनाउन सक्यो।
कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए। उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै, देव खनालले २० बलमा ३ चौका र १ छक्का मद्दतमा २४ रन बनाउँदा विलियम बसिस्टोले १४ रन तथा जिशन मक्सुद र युनिस ठकुरीले समान १२ रन बनाए।
कर्णालीलाई सस्तैमा रोक्ने क्रममा जनकपुरका मोहम्मद मोहसिन खान, जिमी निशम र ललित राजवंशीले समान २ विकेट लिए भने शेर मल्ल र हर्ष थाकरले समान १ विकेट लिए।
साभार : काठमाडौं प्रेस

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..
11 घन्टा पहिले
आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..
जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..
11 घन्टा पहिले
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
1 दिन पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
1 दिन पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
2 दिन पहिले