Janakpurdham
Mon, Sep 21, 2026
`

प्रधानमन्त्रीको आलोचना गर्दै शेखरले भने- एमालेसँगको सहकार्य हाम्रो लागि तरबारको धारमा हिँडे जस्तै हो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, पुस ६ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भए देश अराजकतातिर जानसक्ने बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमकाे प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार सरकार चल्न नसकेको भन्दै आलोचना गरे ।

उनले भने, ‘एमालेसँगको सहकार्यपछि हामी तरबारको धारमा हिँडिरहेका छौं । जो साथीहरु मन्त्री भएर जानुभएको छ, उहाँहरुले सरकारसँग सहकार्य गरेर जाने, हामी बाहिर भएकाहरुले हाम्रो प्रतिस्पर्धी भनेको एमाले नै हो । जुनसुकै तहको निर्वाचन भए पनि त्यसैले प्रतिस्पर्धा पनि गर्न जरुरी छ । मन्त्रीहरुले सहकार्य नगरे सरकार चल्दैन, तर हाम्रो प्रतिद्वन्द्वी एमाले नै भएकाले प्रतिस्पर्धा गर्नुपर्छ ।’

उनले सरकारले गरेको गलत कामको विरोध गर्नुपर्ने बताए । कांग्रेस पनि सरकारमा छ भन्दैमा चुप लागेर बस्न नहुने उनको भनाइ छ । 

नेता कोइरालालले भने, ‘कुलमान घिसिङले उद्योगको बक्यौता उठाउनुपर्छ भनेर लाइन काटिदिनुभयो । प्रधानमन्त्रीले संसदको रोेष्ट्रममा उभिएर खोल्छु भन्नुभयो । दुई चार करोडको कुरा छैन, अर्बौंको कुरा छ । हामीले दुई महिना विद्युतको पैसा नतिरे काट्दिन्छ, तर प्रधानमन्त्रीले बत्ती जोड्न निर्देशन दिनुभयो । त्यो गलत कुरा हो ।’

उनले सरकारको राजस्व बढाउन सबैलाई चिन्ता भए पनि प्रधानमन्त्रीलाई नभए जस्तो देखिएको बताए । उनले पार्टी विभाजनसम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याउने तयारी गरेको भए पनि आफूहरुको विरोधले रोकिएको सुनाए ।

उनले सहकारी प्रकरणमा मान्छे समात्नमा मात्रै सरकार केन्द्रित भएको भन्दै पीडितलाई राहत दिनतर्फ नलागेको आरोप लगाए । उनले सरकारकाे ध्यान नगएपछि पीडितहरु सडकमा धेरै निस्कन थालिसकेको सुनाए ।

नेता कोइरालाले थपे, ‘दुई तिहाइको शक्तिशाली सरकार छ, हामीले अझै टाइट गरेर अगाडि बढ्न सकेनौं भनेर अप्ठेरो स्थिति आउनसक्छ । त्यो कुरालाई हामीले मध्यनगर गरेर अघि बढ्नुपर्छ । यो सरकारलाई असफल हुने छुट पनि छैन ।’


साभार ः नेपाल प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

4 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

4 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले