Janakpurdham
Fri, Jul 18, 2025
`

प्रधानमन्त्रीको आलोचना गर्दै शेखरले भने- एमालेसँगको सहकार्य हाम्रो लागि तरबारको धारमा हिँडे जस्तै हो

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, पुस ६ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भए देश अराजकतातिर जानसक्ने बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमकाे प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार सरकार चल्न नसकेको भन्दै आलोचना गरे ।

उनले भने, ‘एमालेसँगको सहकार्यपछि हामी तरबारको धारमा हिँडिरहेका छौं । जो साथीहरु मन्त्री भएर जानुभएको छ, उहाँहरुले सरकारसँग सहकार्य गरेर जाने, हामी बाहिर भएकाहरुले हाम्रो प्रतिस्पर्धी भनेको एमाले नै हो । जुनसुकै तहको निर्वाचन भए पनि त्यसैले प्रतिस्पर्धा पनि गर्न जरुरी छ । मन्त्रीहरुले सहकार्य नगरे सरकार चल्दैन, तर हाम्रो प्रतिद्वन्द्वी एमाले नै भएकाले प्रतिस्पर्धा गर्नुपर्छ ।’

उनले सरकारले गरेको गलत कामको विरोध गर्नुपर्ने बताए । कांग्रेस पनि सरकारमा छ भन्दैमा चुप लागेर बस्न नहुने उनको भनाइ छ । 

नेता कोइरालालले भने, ‘कुलमान घिसिङले उद्योगको बक्यौता उठाउनुपर्छ भनेर लाइन काटिदिनुभयो । प्रधानमन्त्रीले संसदको रोेष्ट्रममा उभिएर खोल्छु भन्नुभयो । दुई चार करोडको कुरा छैन, अर्बौंको कुरा छ । हामीले दुई महिना विद्युतको पैसा नतिरे काट्दिन्छ, तर प्रधानमन्त्रीले बत्ती जोड्न निर्देशन दिनुभयो । त्यो गलत कुरा हो ।’

उनले सरकारको राजस्व बढाउन सबैलाई चिन्ता भए पनि प्रधानमन्त्रीलाई नभए जस्तो देखिएको बताए । उनले पार्टी विभाजनसम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याउने तयारी गरेको भए पनि आफूहरुको विरोधले रोकिएको सुनाए ।

उनले सहकारी प्रकरणमा मान्छे समात्नमा मात्रै सरकार केन्द्रित भएको भन्दै पीडितलाई राहत दिनतर्फ नलागेको आरोप लगाए । उनले सरकारकाे ध्यान नगएपछि पीडितहरु सडकमा धेरै निस्कन थालिसकेको सुनाए ।

नेता कोइरालाले थपे, ‘दुई तिहाइको शक्तिशाली सरकार छ, हामीले अझै टाइट गरेर अगाडि बढ्न सकेनौं भनेर अप्ठेरो स्थिति आउनसक्छ । त्यो कुरालाई हामीले मध्यनगर गरेर अघि बढ्नुपर्छ । यो सरकारलाई असफल हुने छुट पनि छैन ।’


साभार ः नेपाल प्रेस

`
12 comments
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

1 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

1 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

2 दिन पहिले

भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्।  प्रधानमन्त्र..

2 दिन पहिले

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

3 दिन पहिले