Janakpurdham
Fri, Jul 18, 2025
`

सीता चर्चाबिना राम अधुरो र रामायण अपूर्ण हुन्छ : मुख्यमन्त्री सिंह

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुस ८ गते । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले सीताबिना राममात्र अधुरो नभएर रामायण नै अपूर्ण हुने बताउँदै रामायणमा वर्णित कथाक्रमलाई रामसीता दुवैसँग जोडेर प्रसार गरिनुपर्ने बताएका छन् ।

भारतको उत्तरप्रदेश सरकारअन्तर्गत पर्यटन विभागको आयोजना र जानकी मन्दिर तथा जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनामा जनकपुरधाममा आयोजित दुईदिने अन्तर्राष्ट्रिय रामायण कन्कलेभमा मुख्यमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

मिथिलामा अवध राजकुमार रामको आगमन र धनुषयज्ञबाट सुरु भएको रामकथा सीतको चर्चाबिना पुरा नहुने मुख्यमन्त्री सिंहले जिकिर गरे । उनले सीतारामसंग जोडिएका ठाउँको विकास तथा प्रवर्धन गर्न भारत सरकारले ल्याएको रामायण सर्किट र मधेश प्रदेशले बजेटसमेत विनियोजन गरिसकेको सीता सर्किटलाई जोड्नुपर्ने बताए ।

मुख्यमन्त्री सिंहले त्रेतायुगबाट सुरुवात भएको सम्बन्धलाई अहिले निरन्तरतामात्र दिनुपर्नेमा जोड दिदै राम मन्दिर निर्माणपछि अयोध्यामा दर्शन गर्न पुग्ने श्रद्धालुहरूलाई जानकी दर्शनका लागि जनकपुरधाम पठाउने वातावरण निर्माण गर्न भारत तथा भारतीय राज्य उत्तरप्रदेश सरकारसंग आग्रह गरे ।

 

सीताको दर्शनबिना रामको दर्शन अधुरो भएको रामायणकै चर्चा प्रसार हुनुपर्ने र दुवैसंग जोडिएका ठाउँका बारेमा डिजिटल जानकारी प्रवाह हुँदा दर्शनार्थीले सबै ठाउँका बारेमा जानकारी प्राप्त गर्ने तथा रामायणकालीन विचारधाराबाट अवगत हुने बताए ।

उनले भने, ‘सीता जन्मस्थल, धनुषयज्ञ स्थल र विवाहमण्डप लगायतका ठाउँबारे जानकारी संग्रहित श्रव्यदृश्य र लेख्य सामग्री डिजिटल पोर्टल मार्फत रामायण सर्किटसँगै साझा गरिँदा धार्मिक तथा पर्यटन विकासले तीव्रता लिनेछ ।’

उनले नयाँ पुस्तासँग रामायणको आद्योपान्त अध्ययन गर्ने धैर्य नभएको भन्दै रामायणकथालाई साना श्रव्यदृश्य तथा दृश्यमार्फत प्रसार गरिनुपर्ने बताए । जननकपुरधामको धार्मिक पर्यटनमा टेवा पुग्ने गरी आफूले एउटा धार्मिक समारोहमा सहभागी हुन अयोध्या भ्रमण गरेको उनको भनाई थियो ।

मुख्यमन्त्री सिंहले सीतारामको पदगमन र गाथासँग जोडिएका नेपाल, भारत र श्रीलंकाका विभिन्न स्थानमा रामायण चर्चासँगै पौराणिक कथाका बारेमा जागरण तथा खोजअनुसन्धान हुने दृष्टिले रामायण कन्कलेभ महत्त्वपूर्ण भएको औँल्याए । उनले रामायण कन्कलेभलाई लिपिबद्ध गर्दै ठाउँठाउँमा प्रस्तुत गर्ने उत्तर प्रदेश सरकारको काम सराहनीय भएको उल्लेख गरे ।

प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले सीता शक्ति र भक्तिको प्रतीक भएको बताउँदै सीता जन्मभूमिमा महिलाको स्थिति कमजोर हुँदा आफूलाई दुःख लाग्ने गरेको बताइन् ।

उनले जानकी भूमिमा महिला हिंसाका घटना अक्षम्य हुने भन्दै नारी सशक्तीकरणका पक्षमा काम हुनुपर्ने उल्लेख गरिन् ।

 

 

 

साभार ः नेपाल प्रेस

`
12 comments
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

1 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

1 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

2 दिन पहिले

भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्।  प्रधानमन्त्र..

2 दिन पहिले

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

3 दिन पहिले