जनकपुरधाममा प्रमुख आर्थिक सूचकाङ्कबारे प्रशिक्षण सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम , पुस ९ गते । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँको आयोजनामा जनकपुरधाममा तीन दिवसीय प्रमुख आर्थिक सूचकाङ्कको प्रयोग सम्बन्धि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
जनकपुरधाममा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा अर्थशास्त्र तथा वाणिज्य शास्त्रका प्राध्यापक, विभिन्न पालिकाका तथ्याङ्क शाखाका प्रमुखहरू, मधेश प्रदेश सरकारका मन्त्रालयका जिम्मेवार पदाधिकारीहरू, जिल्ला तथ्याङ्क कार्यालयका प्रमुखहरू तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
यूकेएड तथा द एसिया फाउण्डेशनको सहयोगमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा देश, प्रदेश तथा स्थानीय निकायका आर्थिक सूचकका विषयहरू, सुशासन सहितका विज्ञहरूद्वारा प्रशिक्षण दिनु भएको थियो । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँका निर्देशकद्वय पद्मराज पाण्डे र तीर्थराज बरालले प्रशिक्षण दिनु भएको थियो ।
आइतबार देखि शुरु भएर आज सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको समापनमा सहभागी मध्ये नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद् सदस्य एवं रेडियो पालका वरिष्ठ संवाददाता अजय कुमार झा, महिला पत्रकार लक्ष्मी चौधरी, मधेश प्रदेशका अर्थमन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्य र तथ्याङ्क अधिकृत शिवनारायण महतोले बोल्नु भएको थियो ।
आर्थिक सूचकहरूको कसरी समाचार वा अन्य कार्यमा विश्लेषण गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई प्रशिक्षण दिने काम भएका थिए । समापन कार्यक्रममा बोल्ने वक्ताहरूले आर्थिक क्षेत्रको सूचकहरूको विश्लेषण गरेर समाचार लेख्न तथा अन्य विश्लेषणको काम गर्नमा प्रशिक्षण कार्यक्रमले मद्दत पुग्ने विश्वास गरिइएको छ ।
साभार ः रेडियो नेपाल
‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..
कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..
1 मिनट पहिले
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..
धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..
1 दिन पहिले
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..
काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..
1 दिन पहिले
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..
काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..
2 दिन पहिले
भिजिट भिसामा घरेलु कामदार बनेर विदेशिने महिलाको तथ्यां..
काठमाडौं, वैशाख २४ : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन..
2 दिन पहिले
-
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीको प्रदर्शन
-
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
-
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा अनुमति अनिवार्य
-
भिजिट भिसामा घरेलु कामदार बनेर विदेशिने महिलाको तथ्यांक राज्यसँग छैन : मन्त्री यादव