Janakpurdham
Tue, Sep 16, 2025
`

जनकपुरधाममा प्रमुख आर्थिक सूचकाङ्कबारे प्रशिक्षण सम्पन्न

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , पुस ९ गते । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँको आयोजनामा जनकपुरधाममा तीन दिवसीय प्रमुख आर्थिक सूचकाङ्कको प्रयोग सम्बन्धि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । 

जनकपुरधाममा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा अर्थशास्त्र तथा वाणिज्य शास्त्रका प्राध्यापक, विभिन्न पालिकाका तथ्याङ्क शाखाका प्रमुखहरू, मधेश प्रदेश सरकारका मन्त्रालयका जिम्मेवार पदाधिकारीहरू, जिल्ला तथ्याङ्क कार्यालयका प्रमुखहरू तथा पत्रकारहरूको सहभागिता रहेको थियो । 

यूकेएड तथा द एसिया फाउण्डेशनको सहयोगमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा देश, प्रदेश तथा स्थानीय निकायका आर्थिक सूचकका विषयहरू, सुशासन सहितका विज्ञहरूद्वारा प्रशिक्षण दिनु भएको थियो । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँका निर्देशकद्वय पद्मराज पाण्डे र तीर्थराज बरालले प्रशिक्षण दिनु भएको थियो ।  

आइतबार देखि शुरु भएर आज सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको समापनमा सहभागी मध्ये नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद् सदस्य एवं रेडियो पालका वरिष्ठ संवाददाता अजय कुमार झा, महिला पत्रकार लक्ष्मी चौधरी, मधेश प्रदेशका अर्थमन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्य र तथ्याङ्क अधिकृत शिवनारायण महतोले बोल्नु भएको थियो । 

आर्थिक सूचकहरूको कसरी समाचार वा अन्य कार्यमा विश्लेषण गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई प्रशिक्षण दिने काम भएका थिए । समापन कार्यक्रममा बोल्ने वक्ताहरूले आर्थिक क्षेत्रको सूचकहरूको विश्लेषण गरेर समाचार लेख्न तथा अन्य विश्लेषणको काम गर्नमा प्रशिक्षण कार्यक्रमले मद्दत पुग्ने विश्वास गरिइएको छ । 


साभार ः रेडियो नेपाल

`
12 comments
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

8 मिनट पहिले

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते ..

काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर..

12 मिनट पहिले

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई १०..

काठमाडौं, भदौं २९ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै ‘जेनजी’ प्र..

24 घन्टा पहिले

पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : ने..

काठमाडौं, भदौ २९ : मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा स..

24 घन्टा पहिले

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्..

काठमाडौं, भदौ २८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधा..

2 दिन पहिले