सहकारीको समस्या हल गर्न अध्यादेश आइसक्यो, दोषीलाई सरकारले उन्मुक्ति दिँदैन: उपप्रधानमन्त्री सिंह
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं , पुस ११ गते । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताएका छन्
बिहिबार चितवन विमानस्थलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नागरिकको बचतमा बद्मासी गर्ने दोषीहरुले कुनै हालमा उन्मुक्ति नपाउने बताए। उनले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको बताए।
उनले भने, ‘दोषीहरुलाई कारवाही गर्ने गरि र पीडितहरुको बचत फिर्ता पनि गर्ने गरि सरकारले सिस्टम बनाएर काम गरिररहेको छ। यो सरकारले यसअघिका सरकारले गर्न नसकेका र बाँकी रहेका कामहरुमा सुधार गर्न काम अघि बढाइरहेको छ ।’कानूनभन्दा माथि कोही पनि छैन भन्ने कुरा अहिले स्थापित भएको बताए।
सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने गरि सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।
सञ्चारकर्मीहरुले रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा राखेको प्रश्नमा उपप्रधानमन्त्री सिंहले आफूहरु सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गरे।
रास्वपाकै सदस्य सहभागि संसदीय समितिको सिफारिसका आधारमा लामिछानेमाथि छानविन अघि बढिरहेको पनि बताए।
साभार ः नेपाल प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
13 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
13 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले