Janakpurdham
Fri, Jul 18, 2025
`

सहकारीको समस्या हल गर्न अध्यादेश आइसक्यो, दोषीलाई सरकारले उन्मुक्ति दिँदैन: उपप्रधानमन्त्री सिंह

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , पुस ११ गते । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताएका छन्

बिहिबार चितवन विमानस्थलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नागरिकको बचतमा बद्मासी गर्ने दोषीहरुले कुनै हालमा उन्मुक्ति नपाउने बताए।  उनले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको बताए।

उनले भने, ‘दोषीहरुलाई कारवाही गर्ने गरि र पीडितहरुको बचत फिर्ता पनि गर्ने गरि सरकारले सिस्टम बनाएर काम गरिररहेको छ। यो सरकारले यसअघिका सरकारले गर्न नसकेका र बाँकी रहेका कामहरुमा सुधार गर्न काम अघि बढाइरहेको छ ।’कानूनभन्दा माथि कोही पनि छैन भन्ने कुरा अहिले स्थापित भएको बताए।

सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने गरि सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।

सञ्चारकर्मीहरुले रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा राखेको प्रश्नमा उपप्रधानमन्त्री सिंहले आफूहरु सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गरे।

रास्वपाकै सदस्य सहभागि संसदीय समितिको सिफारिसका आधारमा लामिछानेमाथि छानविन अघि बढिरहेको पनि बताए।


साभार ः नेपाल प्रेस

`
12 comments
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

1 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

1 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

2 दिन पहिले

भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्।  प्रधानमन्त्र..

2 दिन पहिले

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

3 दिन पहिले