Janakpurdham
Sat, Mar 07, 2026
`

कार्यकक्षमै प्रहरी जवानले आफैंमाथि गोली चलाए

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

कञ्चनपुर, पुस १३ : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन्।

टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए। 

‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए।’ 

उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर लगिएको छ। 

न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ छ। 

साभार : काठमाडौं प्रेस

`
12 comments
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङ , फाल्गुन २३ गते । मनाङमा पनि नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ ..

11 घन्टा पहिले

बालेन ओलीको मतान्तर १० हजार ६३४

विराटनगर, फाल्गुन २३ गते । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बाल..

11 घन्टा पहिले

प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने : आज लोकतन्त्..

काठमाडौं, फागुन २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्क..

1 दिन पहिले

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौं, फागुन २१ : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका कार्यवाहक प..

1 दिन पहिले

असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास न..

काठमाडौं, फागुन २० : नेपाली सेनाले सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा वि..

2 दिन पहिले