Janakpurdham
Fri, Jul 18, 2025
`

जनकपुर बोल्ट्सको ऐतिहासिक ट्रफी परेड

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुस १३ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको उपाधि जितेको खुसियालीमा जनकपुर बोल्ट्सका खेलाडीहरूले जनकपुरधाममा भव्य ट्रफी परेड गरेका छन्। रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सुरु भएको यो परेडले नगरका प्रमुख चोकहरू परिक्रमा गर्दै जानकी मन्दिरमा समापन गरेको थियो। परेडमा सहभागी खेलाडीहरूले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गरेर उपाधि जितेको सफलतामा स्थानीय जनतासँग खुसी साट्दै ऐतिहासिक क्षणलाई थप विशेष बनाएका हुन्। यो जितले बोल्ट्सलाई ट्रफीसँगै १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार समेत दिलाएको छ।

जनकपुरधाममै सीमित नराखी, बोल्ट्सले मधेश प्रदेशका अन्य जिल्लामा पनि ट्रफी परेड गर्ने योजना बनाएका छन्। महोत्तरी, सप्तरी, र रौतहटमा भोलि परेड हुनेछ भने पर्सि बारा र पर्सामा कार्यक्रम गरिनेछ। चौथो दिन सिरहा र सप्तरीमा परेड गर्दै ट्रफी परेडलाई औपचारिक रूपमा समापन गर्ने लक्ष्य रहेको छ। यस ऐतिहासिक जितको उत्सवले मधेश प्रदेशभर उल्लासमय वातावरण सिर्जना गरेको छ।

 
 

`
12 comments
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

1 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

1 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

2 दिन पहिले

भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्।  प्रधानमन्त्र..

2 दिन पहिले

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

3 दिन पहिले