Janakpurdham
Thu, Oct 15, 2026
`

जनकपुर बोल्ट्सको ऐतिहासिक ट्रफी परेड

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुस १३ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको उपाधि जितेको खुसियालीमा जनकपुर बोल्ट्सका खेलाडीहरूले जनकपुरधाममा भव्य ट्रफी परेड गरेका छन्। रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सुरु भएको यो परेडले नगरका प्रमुख चोकहरू परिक्रमा गर्दै जानकी मन्दिरमा समापन गरेको थियो। परेडमा सहभागी खेलाडीहरूले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गरेर उपाधि जितेको सफलतामा स्थानीय जनतासँग खुसी साट्दै ऐतिहासिक क्षणलाई थप विशेष बनाएका हुन्। यो जितले बोल्ट्सलाई ट्रफीसँगै १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार समेत दिलाएको छ।

जनकपुरधाममै सीमित नराखी, बोल्ट्सले मधेश प्रदेशका अन्य जिल्लामा पनि ट्रफी परेड गर्ने योजना बनाएका छन्। महोत्तरी, सप्तरी, र रौतहटमा भोलि परेड हुनेछ भने पर्सि बारा र पर्सामा कार्यक्रम गरिनेछ। चौथो दिन सिरहा र सप्तरीमा परेड गर्दै ट्रफी परेडलाई औपचारिक रूपमा समापन गर्ने लक्ष्य रहेको छ। यस ऐतिहासिक जितको उत्सवले मधेश प्रदेशभर उल्लासमय वातावरण सिर्जना गरेको छ।

 
 

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

13 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

13 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले