Janakpurdham
Thu, Aug 06, 2026
`

दुग्धमति नदीको संरक्षण अभियान शुरु

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुस १४ गते । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको दुग्धमति नदीको संरक्षण अभियान आजदेखि शुरु गरिएको छ । 

धनुषा तथा महोत्तरीलाई जोड्ने दुग्धमति नदीमा ठाउँ ठाउँमा अतिक्रमण भई नदीमा निक्कै थोरै मात्र पानी बग्न थालेपछि मुहान रहेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नंं ५ अर्जनामाबवाट संरक्षणको अभियान शुरु गरिएको हो । 

सो अवसरमा क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुकदेव यादवले नदी संरक्षणका लागि नगरपालिकाले आवश्यक रकम बिनियोजन गर्ने घोषणा गर्नुभयो । 

मधेश प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव र नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संयुक्त रुपमा मुहानबाट नै दुग्धमति संरक्षण अभियान शुरु भएको घोषणा गर्नुभयो । 

मधेश प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयको अगुवाइमा नापी कार्यालय धनुषाका ५ जना प्राविधिकहरूले २०२६ तथा २०४६ सालको नाप नक्सा बमोजिम ऐतिहासिक नदी दुग्धमतिको उद्गम स्थलबाट आजैदेखि नाप नक्सा तयार गर्ने कामको शुरु गरेको छ । नाप नक्साको काम सकेपछि तत्कालै कामको शुरु गरिने भएको मधेश प्रदेश सरकारले जनाएको छ । 

कार्यक्रममा मधेश प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले दुग्धमति नदीको संरक्षणको काममा बहुबर्षे योजना अन्तर्गत साढे पाँच अर्ब रकम खर्च गर्ने र नदीको संरक्षण तथा सौन्दर्यीकरणपछि यस क्षेत्रको धार्मिक तथा प्रकृति पर्यटनमा ठूलो मद्दत पुग्ने बताउनुभयो । 

उहाँले दुग्धमतिको संरक्षणसँगै दुग्धमति बहाव रहेको धनुषा तथा महोत्तरी जिल्लाको नदीको दुवै किनारमा कालोपत्रे सडकको निर्माण गरिने भन्नुहुँदै यस क्षेत्रका गाउँ तथा बस्तीको आर्थिक तथा सामाजिक विकासमा ठूलो मद्दत पुग्ने बताउनुभयो । 

नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले दुग्धमतिको संरक्षणले दुग्धमति कोरिडोरका जनताहरूको आर्थिक तथा सामाजिक विकासमा ठूलो टेवा पुग्ने आशा व्यक्त गर्नुहुँदै यस अभियानमा सघाउनका तटीय क्षेत्रका बसोबासीसँग आग्रह गर्नुभयो । 

मधेश प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयका सचिव जाकीर अहमद अन्सारीले मधेश प्रदेश सरकारको गौरवको रुपमा रहेको दुग्धमतिको सौन्दर्यीकरण तथा जीर्णोद्धार भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख सुकदेव यादव, लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र, काँग्रेसका नेता यूवराज खाती सहितका वक्ताहरूले दुग्धमतिका संरक्षणले पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने बताउनुभयो । 

जनकपुरधाममा लाग्ने हरेक धार्मिक मेला तथा महोत्सवमा बाहिरबाट आउने पर्यटकहरू अनिवार्य रुपमा दुग्धमतिमा स्नान गर्ने मान्यता रहे पनि अतिक्रमणले नदीमा निक्कै थोरै पानी रहेको छ ।


साभार ः रेडियो नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

7 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

7 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले