Janakpurdham
Fri, Jul 18, 2025
`

‘पत्रकारहरूले सधैँ जनताको पक्षमा कलम चलाउनुपर्छ’

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुस १५ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पत्रकारिता जगत आवाज विहीनहरूको आवाज भएकाले पत्रकारहरूले सधैँ जनताको पक्षमा कलम चलाउनुपर्ने बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश, धनुषा जिल्ला, केन्द्रीय परिषद् सदस्य एवं केन्द्रीय समितिमा निर्वाचित पदाधिकारीहरूलाई मधेश प्रदेशसभा सचिवालयमा आज स्वागत तथा सम्मान गर्नुहुँदै सभामुख मण्डलले पत्रकारहरूले समग्र मिडिया क्षेत्रको विकासका लागि काम गर्नुपर्ने बताउनुभयो ।

oplus_2

उहाँले पछाडि परेका वर्गलाई माथि उकास्नका लागि पत्रकारिता क्षेत्रले निरन्तर रुपमा कलम चलाउनुपर्ने बताउनुभयो । 

उहाँले पत्रकारिता क्षेत्रमा अहिले विभिन्न क्षेत्रको प्रभाव, दबाब तथा अभाव देखिएको भन्नुहुँदै यस्ता कुराबाट माथि उठेर काम गर्न जरुरी रहेको बताउनुभयो । 

oplus_2

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष श्याम बञ्जराले मधेशका पत्रकारहरूको हक हितका लागि प्रदेश सरकारसँग छलफल गरिदिन सभामुखलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा मधेश प्रदेशसभा सचिवालयका सचिव बासु कोइरालाले पत्रकारिता क्षेत्रको समग्र विकासका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभयो । 


साभार ः रेडियो नेपाल

`
12 comments
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

1 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

1 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

2 दिन पहिले

भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्।  प्रधानमन्त्र..

2 दिन पहिले

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

3 दिन पहिले