Janakpurdham
Thu, Oct 15, 2026
`

‘पत्रकारहरूले सधैँ जनताको पक्षमा कलम चलाउनुपर्छ’

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुस १५ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पत्रकारिता जगत आवाज विहीनहरूको आवाज भएकाले पत्रकारहरूले सधैँ जनताको पक्षमा कलम चलाउनुपर्ने बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश, धनुषा जिल्ला, केन्द्रीय परिषद् सदस्य एवं केन्द्रीय समितिमा निर्वाचित पदाधिकारीहरूलाई मधेश प्रदेशसभा सचिवालयमा आज स्वागत तथा सम्मान गर्नुहुँदै सभामुख मण्डलले पत्रकारहरूले समग्र मिडिया क्षेत्रको विकासका लागि काम गर्नुपर्ने बताउनुभयो ।

oplus_2

उहाँले पछाडि परेका वर्गलाई माथि उकास्नका लागि पत्रकारिता क्षेत्रले निरन्तर रुपमा कलम चलाउनुपर्ने बताउनुभयो । 

उहाँले पत्रकारिता क्षेत्रमा अहिले विभिन्न क्षेत्रको प्रभाव, दबाब तथा अभाव देखिएको भन्नुहुँदै यस्ता कुराबाट माथि उठेर काम गर्न जरुरी रहेको बताउनुभयो । 

oplus_2

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष श्याम बञ्जराले मधेशका पत्रकारहरूको हक हितका लागि प्रदेश सरकारसँग छलफल गरिदिन सभामुखलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा मधेश प्रदेशसभा सचिवालयका सचिव बासु कोइरालाले पत्रकारिता क्षेत्रको समग्र विकासका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभयो । 


साभार ः रेडियो नेपाल

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

14 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

14 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले