Janakpurdham
Thu, Oct 15, 2026
`

तराईका जिल्लाहरूमा शीतलहर सुरु, जनजीवन प्रभावित, सतर्कता अपनाउन आग्रह

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,पुस १५ गते ।  विशेष गरी तराईका जिल्लाहरूमा आजदेखि शीतलहर सुरु भएको छ ।

मधेश प्रदेशको पश्चिम भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा आज बिहानैदेखि बाक्लो हुस्सुसँगै शीतलहर सुरु भएको हो ।

तस्बिर: धुब अधिकारी

रेडियो नेपालसँग आज कुरा गर्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ती कँडेलले यो क्रम केही दिनसम्म तराई क्षेत्रमा निरन्तर रहने बताउनुभयो । 

बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहरका कारण तराई क्षेत्रमा हवाई तथा सडक यातायातका साथै कृषि र पर्यटन क्षेत्र समेत प्रभावित हुनसक्ने भन्दै वरिष्ठ मौसमविद् कँडेलले सबैमा सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

तराई बाहेक देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा अवस्थामा रहने र अबको ३ दिनसम्म देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना नरहेको पनि वरिष्ठ मौसमविद् शान्ती कँडेलले जानकारी दिनुभयो ।

यसैबीच, आज बढेको चिसोसँगै शीतलहर सुरु भएपछि बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सिरहा, सप्तरीसहितका मध्य तथा पूर्वी तराईका जिल्लाहरूमा जनजीवन प्रभावित भएको हाम्रा बीरगंज संवाददाता ध्रुब अधिकारीले जनाउनुभएको छ ।

तस्बिर: धुब अधिकारी

यस्तै, जनकपुरबाट हाम्रा संवाददाता अजय कुमार झाले बिहानदेखि बाक्लो कुहिरो लागेका कारण चिसो पनि बढेको बताउनुभएको छ । 

कुहिरो लागेका कारणले जनकपुरसहित आसपासका जिल्लाहरूका बिहानतिर सवारी साधन सञ्चालनमा समेत समस्या भएको थियो ।

यस्तै, बाक्लो हुस्सु , कुहिरो र शीतलहरका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा जनजीवन प्रभावित बनेको हाम्रा संवाददाताहरूले जनाएका छन् ।


साभार ः रेडियो नेपाल

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

14 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

14 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले