मधेश प्रदेशसभा सचिवालयले शीतकालीन बैठकको तयारी गर्दै
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,पुस १८ गते । मधेश प्रदेश सभाको बैठक पुस २३ गते मङ्गलवार बस्ने भएपछि प्रदेश सभा बैठकको तयारी शुरु भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष बैठकका लागि सिफारिस गरेपछि प्रदेश सभा सचिवालयले बैठकका लागि तयारी थालेको छ ।
प्रदेश सभा सचिवालयले बैठक कक्षको सरसफाई, कुर्सीको व्यवस्थापन, साउण्ड तथा माइकको व्यवस्थापनमा लागेको प्रदेश सभाका प्राविधिक अधिकृत ईन्द्र कुमार वहरखेलले जानकारी दिनु भएको हो ।
पछिल्लो समयमा प्रदेश सभामा पाँच देखि सात जना पत्रकारहरूलाई पनि बस्नका लागि कुर्सीको व्यवस्था गरिइएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जानकारी दिनु भएको छ । उहाँले पत्रकारहरूलाई कोरोना महामारीपछि रिपोर्टिङ गर्नका लागि ठाउँ नपुगेपछि अहिले आएर बस्नका लागि व्यवस्था मिलाइएकाले प्रत्यक्ष रुपमा समाचार सङ्कलनका लागि आग्रह पनि गर्नु भयो ।
लामो समयपछि प्रदेश सभाको बैठक हुन लागेको छ । प्रदेश सरकारले प्रदेश सभालाई बिजनेस नदिएका कारणले बैठक स्थगित भएका थिए ।
शीतकालीन अधिवेशनको रुपमा हुन लागेको प्रदेश सभाको बैठकबाट प्रदेश सरकारले विभिन्न ऐन कानुनहरू निर्माण गरेको र गर्ने क्रममा रहेकाले पारित गराउने तयारीमा रहेको छ ।
साभार ः रेडियो नेपाल
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
3 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
3 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक