
मधेश प्रदेशसभा सचिवालयले शीतकालीन बैठकको तयारी गर्दै
7 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,पुस १८ गते । मधेश प्रदेश सभाको बैठक पुस २३ गते मङ्गलवार बस्ने भएपछि प्रदेश सभा बैठकको तयारी शुरु भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष बैठकका लागि सिफारिस गरेपछि प्रदेश सभा सचिवालयले बैठकका लागि तयारी थालेको छ ।
प्रदेश सभा सचिवालयले बैठक कक्षको सरसफाई, कुर्सीको व्यवस्थापन, साउण्ड तथा माइकको व्यवस्थापनमा लागेको प्रदेश सभाका प्राविधिक अधिकृत ईन्द्र कुमार वहरखेलले जानकारी दिनु भएको हो ।
पछिल्लो समयमा प्रदेश सभामा पाँच देखि सात जना पत्रकारहरूलाई पनि बस्नका लागि कुर्सीको व्यवस्था गरिइएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जानकारी दिनु भएको छ । उहाँले पत्रकारहरूलाई कोरोना महामारीपछि रिपोर्टिङ गर्नका लागि ठाउँ नपुगेपछि अहिले आएर बस्नका लागि व्यवस्था मिलाइएकाले प्रत्यक्ष रुपमा समाचार सङ्कलनका लागि आग्रह पनि गर्नु भयो ।
लामो समयपछि प्रदेश सभाको बैठक हुन लागेको छ । प्रदेश सरकारले प्रदेश सभालाई बिजनेस नदिएका कारणले बैठक स्थगित भएका थिए ।
शीतकालीन अधिवेशनको रुपमा हुन लागेको प्रदेश सभाको बैठकबाट प्रदेश सरकारले विभिन्न ऐन कानुनहरू निर्माण गरेको र गर्ने क्रममा रहेकाले पारित गराउने तयारीमा रहेको छ ।
साभार ः रेडियो नेपाल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
1 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
1 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
2 दिन पहिले
भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री
काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्। प्रधानमन्त्र..
2 दिन पहिले
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
3 दिन पहिले