Janakpurdham
Fri, Jul 18, 2025
`

अब भ्रष्टाचारको मुद्दामा टेलिफोन वा सञ्चार माध्यमको विवरण लिएर अनुसन्धान गर्न सकिने

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , पुस १८ गते । अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोग लागेको व्यक्तिको टेलिफोन वा सञ्चार माध्यमको विवरण लिएर अनुसन्धान गर्न पाउने भएको छ ।

कसुरको अनुसन्धान गर्दा विशेष अनुसन्धान विधि र नवीन प्रविधिको प्रयोग अन्तर्गत सम्बन्धित अदालतको अनुमति लिएर टेलिफोन वा सञ्चार माध्यमको विवरण लिएर अनुसन्धान गर्न पाउने भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिले पारित गरेसँगै अब संसदबाट उक्त विधेयक पारित भएपछि यो व्यवस्था लागू हुनेछ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले समितिका सदस्य एवम उपसमितिका संयोजक हृदयराम थानीले समितिमा पेश गरेको प्रतिवेदन पारित गर्दै विधेयक पनि सर्बसम्मतबाट पारित भएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए ।

उनका अनुसार भ्रष्टाचारको अभियोगमा अनुसन्धान तथा मुद्दा दर्ता गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकारीले सम्बन्धित अदालतको अनुमति लिएर टेलिफोन वा सञ्चार माध्यमको विवरण लिएर अनुसन्धान गर्न सकिने व्यवस्था पारित विधेयमा रहेको छ ।

समितिबाट पारित विधेयकमा गुप्त अनुसन्धान कारबाही अर्थात अण्डर कभर अपरेसन, नियन्त्रित अनुसन्धान विधि अर्थात कन्ट्रोल डेलिभरी, थप प्रमाण वा सूचना प्राप्त गर्ने उद्देश्यले निरन्तर निगरानीमा राखेर तत्काल पक्राउ नगर्ने अर्थात अरेष्ट वेभर र सम्बन्धित अदालतको अनुमति लिएर कम्प्यूटर वा अन्य विद्युतीय साधनको संरचना र प्रणालीमा पहुँच लगायतका विशेष अनुसन्धान विधि र नविन प्रविधिको प्रयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारीले गर्न पाउने भएका छन् ।

बिगो असुल वा सम्पत्ति जफत गर्न मात्र प्रतिवादी बनाएको कर्मचारी निलम्बनमा नपर्ने

यस्तै अनुसन्धान अधिकारीले कुनै व्यक्तिमाथी सजायको मागदाबी नलिई बिगो असुल वा सम्पत्ति जफत गर्नका लागि मात्रै प्रतिवादी बनाएर मुद्दा दायर गरेकोमा त्यस्तो व्यक्ति राष्ट्रसेवक कर्मचारी भएमा त्यसरी मुद्दा दायर भएको कारणले मात्र निलम्बनमा नपर्ने व्यवस्था संसदीय समितिबाट पारित भएको छ ।


साभार ः नेपाल प्रेस

`
12 comments
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

1 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

1 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

2 दिन पहिले

भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्।  प्रधानमन्त्र..

2 दिन पहिले

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

3 दिन पहिले