Janakpurdham
Mon, Sep 21, 2026
`

‘संविधान संशोधन गणतन्त्र तथा सङ्घीयतालाई मजबुत बनाउन हुनुपर्छ’

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुस १९ गते ।पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संविधान संशोधन लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीयतालाई मजबुत बनाउनका लागि हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

मधेश प्रदेशबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले सङ्घीयतालाई मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने र त्यसका लागि पनि संविधान संशोधन हुनुपर्ने बताउनुभयो ।

संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका साथै गणतन्त्रलाई बलियो बनाउन नव निर्वाचित पत्रकार महासङ्घको नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश भरिबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा निर्वाचित नेपाल पत्रकार महासङ्घका सबै तहका पदाधिकारीहरूलाई नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता रामकृष्ण यादव, मधेश प्रदेशका पूर्व मन्त्री एव प्रदेश सभाका सदस्य रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह र नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार सहितका नेताहरू सहभागी हुनुहुन्थ्यो ।


साभार ः रेडियो नेपाल

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

3 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

3 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले