
विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव– सामाजिक परिवर्तनको नायक बन्नुस्
8 महीना पहिले प्रकाशित
Esandhyakalin
_1735912563.jpg)
काठमाडौं, पुस १९ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किएर कसैको बन्ने भन्दा पनि सामाजिक परिवर्तनको नायक बन्न सुझाव दिएका छन्।
शुक्रबार काठमाडौंमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक ‘आमा, सपना र ताराहरू’ विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यदी कसैले शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने देशको सामाजिक अविभावक बन्नुपर्ने धारणा राख्ने बताए।
‘राजनीतिमा आउन चासो राखेको हो कि भन्ने कुरा पनि आउँछ । पूर्वराष्ट्रपतिले के गर्ने भनेर कसैले सोध्यो भने मेरो सुझाव सामाजिक रुपान्तरणको प्रेरकको रूपमा रहनुपर्छ भन्ने छ। तर राजनीतिमै फेरि आउन चाहनुभएको हो कि भन्ने चर्चा छ,’ उनले भने, ‘यदी कसैले सोध्छ तिम्रो देशको शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने मैले सामाजिक अविभावक यो देशलाई चाहिएको छ। ताकि कुनै आमाहरुले पीडा सहन नपरोस्।’
महामन्त्री शर्माले राजनीतिमा लागेर कसैको मात्र बन्नेसुविधा भएको बताउँदै राजनीतिभन्दा पर अर्थात माथि सामाजिक परिवर्तनको नायक बन्न आवश्यक रहेको बताए।
महामन्त्री शर्माले यसाे भनिरहँदा पूर्वराष्ट्रपति भण्डारीमा पनि मञ्चमै थिइन्।
साभार ः नेपाल प्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 घन्टा पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
1 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
1 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
2 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
2 दिन पहिले