
सहकारी ठगी वा मान्छे बेचबिखनमा कांग्रेसकै जोसुकै नेता देखिए पनि कारबाही हुन्छ: गगन थापा
6 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं , पुष २० गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बताएका छन् ।
पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा रहेका जोसुकै भए पनि सहकारी ठगी संलग्न होस् वा मान्छेलाई बेचबिखनमा दोषी देखिए कारबाही हुने बताए ।
उनले भने, ‘हामी पार्टी शुद्धीकरणको प्रक्रियामा लाग्नुपर्छ । अब हामी गाली खाएर बस्ने होइन । आफ्नै पार्टीभित्र पनि कुरा उठाऔं, जहाँ कानून बनाउने हो, त्यसमा पनि कुरा उठाऔं । निर्दोष कोही पनि पर्नुहुन्न, दोषी जो भए पनि उम्कनुहुन्न ।’
महामन्त्री थापाले चर्चामा रहेका ४० भन्दा बढी भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए ।

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
21 घन्टा पहिले
भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री
काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्। प्रधानमन्त्र..
21 घन्टा पहिले
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
2 दिन पहिले
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
2 दिन पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
3 दिन पहिले