जय ट्रफीको पहिलो दिन स्पिनर हावी, तीन ‘५ विकेट हल’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं, पुस २१ : मल्टि डे क्रिकेट प्रतियोगिता ‘जय ट्रफी एलिट कप’ आजबाट वीरगञ्ज र जनकपुरमा सुरु भएको थियो। बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा खेल करिब २ घण्टा ढिला सुरु भएको थियो।
दुई दिवसीय प्रतियोगितामा वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल चलिरहँदा जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रदेशका दुई टिम मधेश र बागमती प्रतिस्पर्धामा छन्।
प्रतियोगिताको पहिलो दिन खेल पूर्ण रुपमा स्पिनरको नियन्त्रणमा रह्यो। दुवै खेलमा गरी पहिलो दिन कुल २९ खस्यो। जसमा, स्पिनरले २३ विकेट लिँदा फास्ट बलरले ६ विकेट मात्र लिन सके।
नारायणी रंगशालामा भएको खेलमा पहिलो दिन १७ विकेट खस्यो। जसमा १५ विकेट स्पिनरको नाममा रह्यो। रामजानकी मैदानमा भएको खेलमा खसेका १२ विकेट मध्ये ८ विकेट स्पिनरले लिए।
ललित, सन्दीप र साहबको ‘५ विकेट हल’
प्रतियोगिताको पहिलो दिन स्पिनर हावी हुँदा तीन स्पिनरले व्यक्तिगत उपलब्धि हाँसिल गरे। स्पिनरहरू ललित राजवंशी, सन्दीप लामिछाने र साहब आलमले ‘५ विकेट हल’मा आफ्नो नाम लेखाए।
नारायणी रंगशालामा रंगशालामा आर्मीविरुद्ध पुलिसका लेफ्टआर्म स्पिनर ललित राजवंशीले ७ विकेट लिए। पहिलो इनिङमा १४.४ ओभर बलिङ गरेका ललितले ४ ओभर मेडनसहित ४७ रन खर्चिए।

जसमा उनले सन्तोष कार्की, सोमपाल कामी, तृतराज दास, विवेक यादव, बासिर अहमद, साहब आलम र आकाश चन्दको विकेट लिएका थिए।
सोही खेलमा आर्मीका लेफ्टआर्म स्पिनर साहब आलमले पनि ५ विकेट लिए। उनले ११ ओभरमा १ मेडनसहित ५५ रन खर्चिएका छन्। उनले पुलिसका अर्जुन साउद, अमित श्रेष्ठ, दिलिप नाथ, आरिफ सेख र शंकर रानाले पभेलियनको बाटो देखाए।
यस्तै, जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा बागमती प्रदेशका कप्तान तथा लेगस्पिनर सन्दीपले पनि ललित र साहबसँगै आफूलाई उभ्याए। मधेश प्रदेशविरुद्ध उनले १४ ओभरमा २ मेडनसहित ४१ रन खर्चेर ५ विकेट लिए।
सन्दीपले मधेशका मयन यादव, निरज यादव र साहिल पटेललाई एलबिडब्लु धरापमा पारेका थिए भने हिमांशु दत्तलाई नन्दन यादवबाट क्यानआउट गराउँदा अविशेक तिवारीले क्लिन बोल्ड गरेका थिए।

ब्याट्सम्यानको संघर्ष
ओसिलो मैदान मा पहिलो दिन बलर हावी हुँदा दुवै खेलमा ब्याट्सम्यानहरू संघर्षरत देखिए। पहिलो दिन कुनै पनि ब्याट्सम्यानले अर्धशत बनाउन सकेनन्। दुवै खेलमा व्यक्तिगत उच्च स्कोर ३४ रह्यो। अन्यले ३० रन पनि कटाउन सकेनन्।
केही खेलाडी बाहेक अधिकांशले पहिलो पटक रेड बल क्रिकेट खेलेकाले ब्याट्सम्यान खेलमा अभ्यस्त नभएको थियो। त्यही कारण उनीहरु चाँडै पभेलियन फर्कन बाध्य रहे।
नारायणी रंगशालामा पहिला ब्याटिङ गरेको आर्मी ३४.४ ओभरमा १२१ रनमै अलआउट भएको थियो। उसका कुशल मल्लले सर्वाधिक २५ रन बनाउँदा भीम सार्कीले २२ र विनोद भण्डारीले २१ रन बनाए।
आइतबार आफ्नो इनिङ थालेका पुलिसका ब्याट्सम्यानको हालत पनि उस्तै रह्यो। दिनको खेल सकिँदा पुलिसले १०३–७को अवस्थामा छ। उसका लागि गुल्सन झाले सर्वाधिक ३४ रन बनाएर खेलिरहेका छन्। उनीबाहेक अमित श्रेष्ठले १८, रसिद खानले १६ रन बनाए।

यस्तै, रामजानकी मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गरेको मधेश प्रदेश ३५.३ ओभरमा १०२ रनमै समेटियो। उसका युवा ब्याट्समयान मयन यादवले २१ र विशाल पटेलले १६ जना बनाउँदा अन्य तीन ब्याट्सम्यानले मुस्किलले दोहोरो अंकको स्कोर गरे।
यता, दिनको खेल सकिँदा बागमती ३४÷२ को अवस्थामा छ। एसका लागि शुभ कंशकारले सर्वाधिक २३ रन अबनाउँद अन्य तीन ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
साभार ः काठमाडौं प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
14 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
14 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले