
शीतलहरबाट मधेशको जनजीवन प्रभावित
6 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, पुस २३ गते । चिसो हावासँगै बिहानदेखि चलेको शीतलहरका कारण मधेश प्रदेशका गरिब तथा विपन्न वर्गका मानिस प्रभावित भएका छन् ।
बिहानदेखि पश्चिम तथा दक्षिणबाट चलेको चिसो हावाका कारण चिसो निकै बढेको छ । चिसोबाट जोगिनका लागि सर्वसाधारणले ठाउँ ठाउँमा आगो बालेर तापेको देखिन्छ ।
अत्यधिक चिसो भएपछि गरिब तथा विपन्न वर्गका व्यक्ति, ज्येष्ठ नागरिक, दम, हाडजोर्नीका समस्या भएका व्यक्ति, अशक्त तथा बिरामी बढी मारमा परेका छन् ।
यसै गरि रुघाखोकी तथा कोल्ड डायरियाका अस्पतालमा आउने बिरामीको सङ्ख्या पनि बढेको छ ।
घाम नलागेका कारण जनकपुर विमानस्थलमा एउटा पनि उडान हुन सकेको छैन ।
चिसोबाट मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरी जिल्लाको जनजीवन बढी प्रभावित भएको छ ।
साभार ः रेडियो नेपाल

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
20 घन्टा पहिले
भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री
काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्। प्रधानमन्त्र..
20 घन्टा पहिले
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
2 दिन पहिले
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
2 दिन पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
3 दिन पहिले