शीतलहरबाट मधेशको जनजीवन प्रभावित
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुस २३ गते । चिसो हावासँगै बिहानदेखि चलेको शीतलहरका कारण मधेश प्रदेशका गरिब तथा विपन्न वर्गका मानिस प्रभावित भएका छन् ।
बिहानदेखि पश्चिम तथा दक्षिणबाट चलेको चिसो हावाका कारण चिसो निकै बढेको छ । चिसोबाट जोगिनका लागि सर्वसाधारणले ठाउँ ठाउँमा आगो बालेर तापेको देखिन्छ ।
अत्यधिक चिसो भएपछि गरिब तथा विपन्न वर्गका व्यक्ति, ज्येष्ठ नागरिक, दम, हाडजोर्नीका समस्या भएका व्यक्ति, अशक्त तथा बिरामी बढी मारमा परेका छन् ।
यसै गरि रुघाखोकी तथा कोल्ड डायरियाका अस्पतालमा आउने बिरामीको सङ्ख्या पनि बढेको छ ।
घाम नलागेका कारण जनकपुर विमानस्थलमा एउटा पनि उडान हुन सकेको छैन ।
चिसोबाट मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरी जिल्लाको जनजीवन बढी प्रभावित भएको छ ।
साभार ः रेडियो नेपाल
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
12 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
12 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले