Janakpurdham
Thu, Jul 03, 2025
`

आरोप प्रमाणित गरे राजनीतिबाट सन्यास लिन्छु : मन्त्री खड्का

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, पुस २५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले आफूमाथि लागेको आरोप प्रमाणित गरे राजनीतिबाट सन्यास लिने बताएका छन्।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले उक्त भनाई राखेका हुन्। खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा भएको चेकमा जति रकम भनिएको छ,  अनियमितता प्रमाणित भए त्यसमा १० गुना थपेर पुरस्कार दिने पनि बताए। 

जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गराउन ठेकेदारहरूबीच चेक लेनदेन गराएको भन्दै एक सञ्चारमाध्यमले आरोप लगाएको सन्दर्भमा ऊर्जामन्त्री खड्काले यस्तो प्रतिबाद गरेका हुन्। 

‘ममाथि उठेको प्रश्नको प्रमाणित गर्नुस् म चेकमा भनेको भन्दा १० गुना बढी पुरस्कार दिन्छु,’ मन्त्री खड्काले भने। 

साभार ः काठमडौं प्रेस

`
12 comments
श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित

काठमाडौँ ,असार १८ गते । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकमा नेपालले एए..

12 घन्टा पहिले

छुरा प्रहार गरी ज्वाँइद्धारा ससुराको हत्या

जनकपुरधाम ,असार १८ गते । जनकपुरधाम उपमहानगरपालिकामा आफ्नै ज्वाँइद्धारा ससुराको हत्या भएको छ ।  जनकपुरधाम उप..

12 घन्टा पहिले

कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..

काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..

2 दिन पहिले

ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति

काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..

3 दिन पहिले

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..

काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ।  प्रतिनिधिसभा बैठ..

4 दिन पहिले