Janakpurdham
Thu, Oct 15, 2026
`

‘सङ्घीयताका कारण गाउँ गाउँमा विकासको लहर आएको छ’

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुस २६ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले मुलुक सङ्घीयतामा गएपछि मुलुकको विकासले गति लिएको दाबी गर्नुभएको छ ।

राष्ट्रिय समाचार समितिको आयोजना तथा मिडिया काउन्सिलको सहयोगमा मधेश प्रदेशमा कार्यरत रहेका समाचारदाताहरूका लागि आयोजित “बदलिँदो परिवेशमा पत्रकारिताको दायित्व र राससको भूमिका” विषयक दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सङ्घीयताका कारण अहिले गाउँमा सडक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधारको विकासमा ठूलो फड्को मारेकाले सङ्घीयता समाप्त गर्न खोजे संविधान नरहने दाबी गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले पत्रकारहरूले वातावरणमा परेको नकारात्मक प्रभावको विषयमा कलम चलाएर सबैलाई सजग र सचेत बनाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राष्ट्रिय समाचार समितिको समाचारका कन्टेन्टहरू ८० प्रतिशतले विभिन्न मिडियाहरूले प्रयोग गर्ने गरेको बताउँदै राष्ट्रिय समाचार समितिले नयाँ नयाँ कन्टेन्टहरू थपेर शत प्रतिशत पुर्‍याउने गरि काम गरिरहेको बताउनुभयो ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, सिकेन्द्र पासवान, महासङ्घका प्रदेश महासचिव शैलेन्द्र महतो र धनुषाका अध्यक्ष पुरन साहले पनि बोल्नुभएको थियो ।

 

साभार: रेडियो नेपाल 

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

12 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

12 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले