Janakpurdham
Wed, Jul 16, 2025
`

मन्त्रीहरूलाई कांग्रेसको निर्देशन– ५ दिन मन्त्रालयको काम गनुस्, बाँकी २ दिन जनताको गुनासो सुन्नुस्

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, माघ ३ : नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरूलाई सातामा दुई दिन खुला भेटघाट गर्न निर्देशन दिएको छ। 

बिहीबार पार्टी सभापति निवास बुढानिलकण्ठमा बसेको संसदीय दल केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीबाट मन्त्री बनेकाहरूलाई ५ दिन मन्त्रालयको काम गर्न बाँकी २ दिन जनताको गुनासो सुन्न निर्देशन दिएको हो।

बैठकले दुई दिन पार्टीका नेतारकार्यकर्ताहरूसँग पार्टी कार्यालयमा भेटेर जनताका आवाज सुन्ने र ५ दिन मन्त्रालयको काममा लाग्न निर्देशन दिएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। 

‘हप्तामा दुई दिन मन्त्रीहरूले खुला भेटघाट गर्न मन्त्रीहरूलाई निर्देशन दिइएको छ,’ बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘पार्टी अफिस गएर हप्तामा दुई दिन आलोपालो गरेर कार्यकर्तासँग भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रीत हुन मन्त्रीहरुलाई निर्देशन दिइएको छ।’

सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रालयहरुले समन्वय गर्ने निर्णय भएको पनि उनले बताए। 

पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरुमार्फत पार्टी केन्द्रिय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरुका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय कार्यालयमा छलफल गर्ने निर्णय भएको उनले बताए।

साभार ः काठमाडौं प्रेस

`
12 comments
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

10 घन्टा पहिले

भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्।  प्रधानमन्त्र..

10 घन्टा पहिले

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

1 दिन पहिले

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..

जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..

1 दिन पहिले

सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..

काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..

2 दिन पहिले