Janakpurdham
Thu, Sep 18, 2025
`

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

कास्की, माघ ३ : प्रधानमन्त्री केपी ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’को आधुनिक रुप ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट पारे।

‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन’ भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको उनले बताए।

प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए।

‘हामी उठ्न नसक्ने कुनै कारण छैन। हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौं,’ उनले भने, ‘चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनिबाट उठायो। हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नुपर्छ। लागेपछि नेपाल बन्छ।’

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान् र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताए।

२०८० र २०८० मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थीलाई दीक्षित भएका छन्। कुलपति ओलीले उत्कृष्ट विद्यार्थी अरविनदकुमार शाह र आषिश सापकोटालाई उपकुलपति पदक वितरण गरे ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

7 घन्टा पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

21 घन्टा पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

21 घन्टा पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

2 दिन पहिले

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते ..

काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर..

2 दिन पहिले