शहीद रमेशको सालिकमा माल्यार्पण गर्दै राजेन्द्र महतोले भने- केही नेताले सत्तासामु आत्मसमर्पण गरे
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,माघ ५ गते । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले केही नेताले सत्तासामु आत्मसमर्पण गरेकै कारण आन्दोलन कमजोर बनेको टिप्पणी गरेका छन् ।
मधेश आन्दोलनको प्रथम शहीद रमेश महतोको सम्झनामा लहानस्थित उनको सालिकमा माल्यार्पण गर्दै उनले मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताए ।
२०६३ माघ ५ मा पहिलो मधेश आन्दोलनका क्रममा १५ वर्षीय महतोले सहादत प्राप्त गरेका थिए । उनै महतोका सम्झनामा मधेश केन्द्रित दल र मधेश सरकारले बलिदानी दिवस मनाउँदै आएका छन् ।
अध्यक्ष महतो आज समर्थकसहित शहीद महतोको सालिकमा माल्यार्पण गर्न लहान पुगेका थिए । उनले मधेश आन्दोलनका शहीद परिवारहरूलाई दोसल्ला ओढाई सम्मानसमेत गरे ।
सो क्रममा उनले भने, ‘मधेशले एकल नश्लीय औपनिवेशिक शोषणविरुद्ध विद्रोह गरेको हो, तर उपनिवेशबाट मधेश अझै मुक्त हुन सकेको छैन । मधेशी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे, तर पनि पूर्ण सफलता हात पार्न सकेनौं । असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताले सत्तासामु आत्मसमर्पण गरे ।’
अध्यक्ष महतोले शहीदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता औंल्याए । मधेश मुक्तिको खाका तयार गर्दै बहुल राष्ट्र राज्यको स्थापना गर्नुपर्छ भन्दै उनले यस प्रणालीमा सम्पूर्ण राष्ट्रविहीन राष्ट्रका जनताले अपनत्व महसुस गर्ने र सबै भाषा तथा संस्कृतिको सम्मान हुने दाबी गरे ।
उनले मधेशी, थारु, पहाडका जनजाति, मुस्लिम र दलितलगायत सम्पूर्ण समुदायको सभ्यता र संस्कृतिको रक्षा गर्दै सुशासन र समृद्धिको लागि एकजुट भएर संघर्ष गर्न अपिलसमेत गरेका छन् ।
‘सत्ताको लोभले शहीदको सपना पूरा हुँदैन । यो जनतालाई ढाँट्नुबाहेक केही होइन्’, उनले भने, ‘शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली दिन सम्पूर्ण नेपाली जनता एक भई अन्तिम पटक संघर्ष गर्नुको विकल्प छैन् ।’
साभार ः नेपाल प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
1 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक