Janakpurdham
Fri, Oct 17, 2025
`

शहीद रमेशको सालिकमा माल्यार्पण गर्दै राजेन्द्र महतोले भने- केही नेताले सत्तासामु आत्मसमर्पण गरे

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ ५ गते  । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले केही नेताले सत्तासामु आत्मसमर्पण गरेकै कारण आन्दोलन कमजोर बनेको टिप्पणी गरेका छन् ।

मधेश आन्दोलनको प्रथम शहीद रमेश महतोको सम्झनामा लहानस्थित उनको सालिकमा माल्यार्पण गर्दै उनले मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताए ।

२०६३ माघ ५ मा पहिलो मधेश आन्दोलनका क्रममा १५ वर्षीय महतोले सहादत प्राप्त गरेका थिए । उनै महतोका सम्झनामा मधेश केन्द्रित दल र मधेश सरकारले बलिदानी दिवस मनाउँदै आएका छन् ।

अध्यक्ष महतो आज समर्थकसहित शहीद महतोको सालिकमा माल्यार्पण गर्न लहान पुगेका थिए । उनले मधेश आन्दोलनका शहीद परिवारहरूलाई दोसल्ला ओढाई सम्मानसमेत गरे ।

सो क्रममा उनले भने, ‘मधेशले एकल नश्लीय औपनिवेशिक शोषणविरुद्ध विद्रोह गरेको हो, तर उपनिवेशबाट मधेश अझै मुक्त हुन सकेको छैन । मधेशी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे, तर पनि पूर्ण सफलता हात पार्न सकेनौं । असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताले सत्तासामु आत्मसमर्पण गरे ।’

अध्यक्ष महतोले शहीदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता औंल्याए । मधेश मुक्तिको खाका तयार गर्दै बहुल राष्ट्र राज्यको स्थापना गर्नुपर्छ भन्दै उनले यस प्रणालीमा सम्पूर्ण राष्ट्रविहीन राष्ट्रका जनताले अपनत्व महसुस गर्ने र सबै भाषा तथा संस्कृतिको सम्मान हुने दाबी गरे ।

उनले मधेशी, थारु, पहाडका जनजाति, मुस्लिम र दलितलगायत सम्पूर्ण समुदायको सभ्यता र संस्कृतिको रक्षा गर्दै सुशासन र समृद्धिको लागि एकजुट भएर संघर्ष गर्न अपिलसमेत गरेका छन् ।

‘सत्ताको लोभले शहीदको सपना पूरा हुँदैन । यो जनतालाई ढाँट्नुबाहेक केही होइन्’, उनले भने, ‘शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली दिन सम्पूर्ण नेपाली जनता एक भई अन्तिम पटक संघर्ष गर्नुको विकल्प छैन् ।’

साभार ः नेपाल प्रेस

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

22 घन्टा पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

22 घन्टा पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

2 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

2 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

3 दिन पहिले