Janakpurdham
Mon, Sep 21, 2026
`

पूर्वाधार कार्यालय बाराका योजनाहरूमा भएको अनियमितता छानबिनको पूर्वमुख्यमन्त्रीद्वारा माग

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ ७ गते । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले पूर्वाधार कार्यालय बाराका विभिन्न योजनाहरूमा भएको आर्थिक अनियमितताको छानबिनका लागि माग गर्नु भएको छ । 

मुख्यमन्त्री यादवले मधेश प्रदेश सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै मैले मुख्यमन्त्री भएको वेलामा गढीमाई मेलालाई केन्द्रित गरेर यसै वर्षको वैशाखमा निकासा गरेको २१ करोडको योजनालाई पूर्वाधार कार्यालय बाराले टुक्रा टुक्रा पारेर कामै नगरी बजेट समाप्त गर्ने काम गरेको भन्दै छानविन सहित कारवाहीको माग गर्नु भएको हो । 

उहाँले पूर्वाधार कार्यालयका डिई राजेन्द्र साहले २१ करोडको इष्टिमेट गरेर म मुख्यमन्त्री भएकै वेलामा मेरो माध्यमले भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट निकासा गरेपनि उक्त रकमलाई ३ वटा ४०–४० लाखको योजना तथा बाँकी १० –१० लाखको योजना टुक्रा पारेर कतिपय योजनामा काम नै नगरी बजेट समाप्त गर्ने काम गरेकाले छानबिनका लागि माग गर्नु भयो । 

पूर्वमुख्यमन्त्री यादवले राम्रो काम गरेको तर कमिसन नदिने गढीमाई नगरपालिकाको ४० लाखको योजना सम्पन्न भएपनि भुक्तानी नदिएकाले पूर्वाधार कार्यालयका प्रमुख माथि छानबिनका लागि माग गर्नु भयो । उहाँले काम भएको योजनाको फाइल सभामुख समक्ष पेश गर्नु भयो । 

पूर्वाधार कार्यालय बाराका प्रमुखले विभिन्न योजनाहरूमा सन्तोषजनक काम नगरेकाले फेरि १५ करोड ९० लाखको अर्को योजना सहितको माग गर्दा आफूले रोकेका कारणले गढीमाई नगरपालिकामा काम भएका योजनाको रकमको भुक्तानी नदिएको भन्दै त्यसको छानविन गर्नका लागि माग गर्नु भयो ।  

यसका साथै महेन्द्रनारायण निधि जनता आवास कार्यक्रम अन्तर्गत ४ सय देखि ५ सय गरिबको घर निर्माण गर्न मिल्ने सो रकम निकासा गराएपनि पूर्वाधार कार्यालयका प्रमुख साहले ५० हजारको दरले १ हजार ६ सय टुक्रा योजना बनाएको थियो । 

५० हजारको टुक्रे योजनाले पनि नतिजा दिन नसक्ने भएकाले त्यस विषयमा पनि छानविन गरेर कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग प्रदेश सभा मार्फत पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले माग गर्नु भयो ।

यसै बीच मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विशेष समयमा छानविन तथा कारबाहीका लागि गर्नु भएको  माग प्रति प्रदेश सभाको गम्भीर ध्यानाकर्षण भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो । 

उहाँले विगतमा प्रदेश सभामा भएको सर्वपक्षीय सहमति  अनुसार प्रदेश सभाको गम्भीर ध्यानाकर्षण भएकाले यस विषयमा प्रदेश सरकार तथा अन्य निकायको ध्यानाकर्षण एवं कारबाहीका लागि पत्राचारका साथै छानविन समिति गठन गरेर दोषी देखिने माथि कारबाहीका लागि सम्बन्धित निकायमा लिखित रुपमा नै जानकारी दिने बताउनुभयो ।   


साभार ः रेडियो नेपाल

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले